चितवन : पछिल्लो समय सुनसान बन्दै गएको पर्यटकीय गन्तव्य सौराहामा चमक भरेको छ ओपन सेकुवा कर्नरले ।
पर्यटक हरुको लागि नया कुरा थप हुन नसकेपछि प्राय होटल र रिसोर्ट सुनसान जस्तै बन्दा पछिलो केही बर्ष यता सुरु भएको खुल्ला सेकुवा कर्नर हरु भने ग्राहकले भरिभराउ हुन्छन । स्वदेशी तथा बिदेशी सबैको मन तान्न सकेको छ सेकुवाले।
सौराहा स्थित सेबेन इलाबेन ओपन सेकुवा कर्नरमा भेटिएका भरतपुर बाह्र बाट आएका सन्दिप सिंखडा सौराहा सेकुवा खानकै लागि आएको बताउछन।” हात्ती पनि चडियो सबै घुमियो अहिले चै म सधै समय मिल्दा सााथी भाइ संंग सेकुवाको मज्जा लिन आउछु” उनले बताए। सन्दिप जस्तै धेरै स्वदेशी ग्राहक सेकुवा खान कै लागि आउछ्न सौराहा। उनिहरुको अनुसार बातावरण पनि मज्जा सेकुवाको स्वाद झन राम्रो भएकाले सेकुवाकै लागि आउने गरेका हुन।
केही समय पहिले सम्म सौराहामा ओपन सेकुवा कर्नर एउटा पनि थिएन। पर्यटक हरुको मनोभाव अनुरुप चितवन माधवपुर बाट किराना पसल गर्न सौराहा आएका किशोर घिमिरेले योजना बनाए सौराहा आउने पर्यटक लाई नया स्वाद के दिने? केही दिन सोच्दा दिमागमा योजना आयो सेकुवाको। नदि छेउ मौसम पनि मध्यम सेकुवा एउटा विकल्प हुन सक्छ। सोही अनुरुप उनले ओपन सेकुवाबनाउन आवस्यक सामग्री खरिद गरेर सुरुमा थोरै मात्र सेकुवा बनाए। तर त्यो केही घण्टामै सकिए पछि उनी उत्साही भए र सुरु गरे ब्यबस्थित सेकुवा कर्नर। अहिले उनको किराना पसल बाट भन्दा कयौं गुना बढि सेकुवाले फाइदा दिन्छ। दिन कै सय सिल भन्दा धेरै सेकुवा बेच्ने उनको दाबी छ अहिले सौराहाको चोक चोक मा सेकुवा कर्नर छ त्यो सव मेरै योजना अनुरुप सुरु गरेको सेकुवा कर्नरको उपज हो उनले गौरव साथ सुनाए। उनले थपे सौराहा आएर सेकुवा चाखेका ग्राहक लाई फेरि आउनुहोला है भन्नै पर्दैन।
पोर्क, चिकेन र अर्डर अनुसार सबै किसिमको सेकुवा पाइने सौराहाको सेकुवा कर्नरमा तिनसय रुपैया देखि माथी स्थान हेरि प्रती शिल सेकुवा पाइन्छ। जस्ले सौराहाको पर्यटन व्यावसाय लाई एक तवरले धान्ने प्रयास गरेको छ।
पर्यटक घट्दै गए पछि सौराहाका व्यावसायि चिन्तित
पर्यटकीय नगरी सौराहामा पर्यटकको सङ्ख्या घट्दै गएपछि व्यवसायी चिन्तित हुन थालेका छन् । नयाँ कार्यक्रम दिन नसक्दा आन्तरिक तथा बाह्य पर्यटक घट्न थालेको उद्यमीले जनाएका छन् । जङ्गल सफारीका लागि यहाँ आउने पर्यटकले सधैं एउटै पन पाउने हुँदा दोहो¥याएर आउन छाडेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र स्थानीय सामुदायिक वनमा हुने एउटै गतिविधि मात्र हुने भएपछि यहाँ आउने पर्यटकको सङ्ख्या विगतका वर्षको सङ्ख्यामा हुन नसकेको बताइएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा बजारिकरण र प्रचारप्रसार हुन नसक्दा नयाँ पर्यटक थपिने क्रम पनि घटेको छ ।