मुग्लिङ २८ असार,
चितवनको इच्छाकामना गाँउपालिका ५ नाग्दी खोलाबाट ट्रक त्रिशुलीमा खसेको छ । मुग्लिनबाट एक किलोमिटर काठमाडौं तर्फको दुरीमा भएको दुर्घटनामा ट्रकका सहचालक को मृत्यु भएको छ भने चालक घाइते भएका छन् । भैरहबाबाट मल बोकेर काठमाडौं जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक माथी बाट झरेको पहिरो बचाउन खोज्दा करिब राती साढे एक बजेको समयमा त्रिशुलीमा खसेको हो ।
ट्रकका सहचालक दाङ घोराही बस्ने २५ बर्षिय अनिल गुरुङ को मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिङले जानकारी दिएको छ । गाडीका चालक ललितपुर बस्ने ४६ बर्षिय माधव थापामगर घाइते भएका छन् ।
घाइतेलाइ रातिनै इलाका प्रहरी कार्यलय मुग्लिङ बाट खटिएको प्रहरीले उद्दार गरेको भएतापनी दुर्घटना पश्चात् बेपत्ता भएका सह चालकको सब बिपत ब्यबस्थापन तालिमकेन्द्र कुरिनटार बाट खटिएका तालिम प्राप्त ससत्र प्रहरिका गोताखोरले बिहान करिब ७:३० बजे नदि भित्र छिरेर निकालेको थियो। सब लाई अहिले भरतपुर पठाइएको छ।
हेर्नुहोस ससत्र प्रहरिले पानी भित्र छिरेर सब निकाल्दा को प्रत्यक्ष भिडियो