२४ असार, काठमाडौं । धुलिखेल जाने बस चढेकी १९ वर्षीया किशोरीलाई एकाएक पाखुरामा चस्स केहिले घोचे जस्तो भयो ।
शंकास्पद सिरिन्ज आक्रमणको समाचारहरु सुनेकी उनी आत्तिएर अगाडि पछाडि हेरिन् । नजिकै बसेका पुरुषलाई, ‘हानिस् कि क्या हो….’ भन्दै कराइन् । उनको छेउमा रहेका खगेन्द्रप्रसाद पाठकले ‘होइन’ भन्दै प्रतिवाद गरे ।स्याङ्जाका पाठकले बताएअनुसार उनी धुलिखेलमा उपचाररत दाइलाई भेट्न हिँडेका थिए । एकाएक सिरिन्ज आक्रमणको आरोप लागेपछि उनी पनि डराए । केहीबेरमा एक महिला बसमा चढिन् । पाठकले उनलाई सिट छाडिदिए र बनेपा चारदोबाटो आएपछि ‘यही उत्रिनुपर्यो’ भन्दै बसबाट झर्न खोजे ।त्यसपछि त के चाहियो ? सुई हान्ने यही हो भन्दै भीडले घेरा हाल्यो, कुटपिट गर्न थाल्यो ।
नजिकै रहेको प्रहरी आइपुग्यो । पाठकलाई नियन्त्रयणमा लिए तर, भीडले उनलाई छाडेन । प्रहरीले जोगाउँदा जोगाउँदै पनि पाठकमाथि दुई चार मुक्का बज्रियो ।
स्थानीयको भीडबाट जोगाउँदै प्रहरीले उनलाई तीन दोबाटोस्थित चौकीमा पुर्यायो । त्यतिबेलासम्म बनेपा बजारमा सुई आक्रमणको आतंक फैलिसकेको थियो । मानिसहरु सडकमा भेला भएका थिए । प्रहरी चौकी घेराउ गर्न आए । एकाएक देश भर सिरिन्ज आक्रमणकारी बनेपा बाट पक्राउ भन्दै धेरै अन्लाईन समाचार हरुले मुख्य हेडलाइन बनाए र दोशि करार गर्दिए।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी जयराज सापकोटाकाअुनसार पाठकले सिरिन्ज आक्रमण गरेको देखिने प्रमाण भेटिएको छैन । उनले पनि आरोप स्वीकार गरेका छैनन् । एसपी सापकोटाले भने, ‘हामी अनुसन्धान भने गरिरहेका छौं ।’
आफू लोकसेवा आयोगको परीक्षा दिने तयारीमा रहेको र दाइ विरामी भएकाले धुलिखेल जान लागेको उनले बताएका छन् ।दोश प्रमाणित हुने कुनै आधार र प्रमाण फेला नपरेपछी उनलाई प्रहरिले छडिसकेको छ ।
‘पीडित’ युवतीलाई टेकु लगियो
आफूमाथि सिरिन्ज आक्रमण भएको बताएकी युवतीलाई सुरमा शीर मेमोरियल अस्पतालमा लगिएको थियो । त्यहाँबाट टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ल्याइएको छ ।
पीडित युवतीले सिरिन्ज आक्रमण भएको बताएपछि उनलाई एचआईभी र हेपाटाइटिसविरुद्धको औषधी दिइएको छ । तर चिकित्सकले भने सिरिन्ज आक्रमण गरेको यकिन गरेर भन्न नसकिने बताएका छन् ।