सुमन सुवेदी,चितवन, ६ असार । मेडिकल सिटिको रुपमा परिचित चितवनमा औषधी व्यावसायी संघ चितवन को छैटौं अधिबेसन सम्पन्न भएको छ।

चितवनमा सम्पन्न छैटौं अधिबेसनबाट नेपाल औषधी व्यावसायी संघ चितवन साखामा इश्वर कुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय पदाधिकारी सर्बसहमतीले चयन भएका छन। आज को अधिबेशनले उपाध्यक्षमा बिनोद प्रसाद तिमिल्सिना, महासचिवमा लक्ष्मी प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा बिष्णु प्रसाद बास्तोला (मिलन) सचिवमा तारानाथ अधिकारी सह कोषाध्यक्षमा हरि प्रसाद ढकाल र सदस्यमा बिनोद पन्त,कपिल सुवेदी र टेक प्रसाद सापकोटा(बासु) सर्बसम्बत चयन भएका हुन्।