असार ६ कुरिनघाट
इच्छाकामना गाउपालिका ३ कुरिनघाटमा चामल बोकेर काठमाडौ तर्फ जाँदै गरेको ट्रक दुर्घटनामा परेको छ।

करिब बिहान ५:३० बजे मुग्लिङ बाट काठमाडौ तर्फ जाँदै गरेको लु १ ख ९२९४ नम्बरको ट्रक कुरिनघाट बजार सकिनै लाग्दा सडक बाट करिब ५० मिटर तल खसेको हो।

बजार क्षेत्र कटेपछी ट्रक नदि पट्टि झरेकोले स्थानिय मानवीय क्षेती नभएको भएता पनि थोरै ले मात्र स्थानियको घर जोगिएकोले स्थानीय त्रसती भएका थिए। केही मिटर नकट्दै ट्रक खसेको भए स्थानीय को घर ट्रकले चेप्नी थियो। दुर्घटनामा ट्रकमै रहेका दुई जना घाइते भएका छन।