शहीद लखन गाउँपालिका वडा नम्बर ७ बुङ्कोट स्थित खाब्दीखोलामा खेत माथिको झाडीमा आगो लगाउँदा मंगलबार साँझ एक वृद्धको ज्यान गएको छ । सोही गाउँपालिका वडा नम्बर ८ का ६३ वर्षिय पहलमान श्रेष्ठको आगोले जलेर घनास्थलमै मृत्यु भएको शहीद लखन गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष शरण श्रेष्ठले बताए।
धुवाँको मुस्लोले स्वाँस फेर्न नसकेर लडेपछि दन्किँदै आएको आगोले श्रेष्ठलाई पोलेको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।अहिले पनि अधिकांश ठाउँमा खेतमा मल हुने लोभले माथि रहेको पातपतिङ्गर पोल्ने, झाडीमा आगो लगाउने प्रचलन छ ।मलको लोभले आगो लगाउँदा वृद्धको ज्यान गएको हो ।