दारेचोक : चितवनको  इच्छाकामना ३ माझ गाउँ माविमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्  जिल्ला कार्य समिति चितवनको आयोजनामा  असार ९ गते  बृहत्  नि : शुल्क स्वास्थ्य  शिविर सम्पन्न भएको हो ।

शिविरमा  २५५ जनाले स्वास्थ्य   सेवा लिएका थिए ।   शिविरमा  विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुबाट  स्वास्थ्य जाँच तथा उपचार गरिएको आयोजकले जनाएको छ ।