कुरिनटार, ९ असार ।  नेपाल विद्युत  प्राधिकरणको   मार्किचोक सव–स्टेशनमा जडानमा रहेका १३२/३३ के.भि.30 MVA को  पावर ट्रान्सफर्मरमा समस्य आएपछि  विद्युत सेवा अवरुद्ध भएको छ । ट्रान्सफर्मरमा समस्या आएपछि   गोरखा , तनहुँ र  चितवनको  इच्छाकामनामा  विद्युत सेवा अवरुद्ध   भएको हो ।  मर्मत सम्भार गर्नु पर्ने भएकाले  उक्त ट्रान्सफर्मर मर्मत नहुन्जेल  सम्म विदूत सेवा अवरुद्ध हुने  नेपाल विदूत प्राधिकरण गोरखा  वितरण केन्द्र  गोरखाले जनाएको छ ।