मुग्लिन : पहिरोका कारण नारायणगढ–मुग्लिन सडक  अवरुद्ध  बनेको छ ।  आज दिउँसो १ :  ५५ बजे चितवनको इच्छाकामना ६ नाम्सी खोला पुलमा  सुख्खा  पहिरो खसेपछि  सडक दुइतर्फी अवरुद्ध भएको  इलाका प्रहरी कार्यालय मुग्लिनले  जनाएको छ ।
पहिरो पछाउने कार्य सुरु भएको र पहिरो पञ्छाउन  दुई  घण्टा  लाग्ने प्रंहरीको  भनाई छ ।