इच्छाकामना :  चितवनको इच्छाकामना गाउँपालिकाले मेडिकल, क्लिनिक एग्रोभेट र  होटलहरुमा अनुगमन गरेका छन् । वडा नम्बर ३ को फिस्लिङ र चुम्लिङटारमा रहेका मेडिकल , क्लिनिक, एग्रोभेट र  होटलहरुमा  अनुगमन गरेका हुन् ।
फिस्लिङदेखि चुम्लिङटारसम्म अनुमगन गरिएको गाउँपालिका उपाध्यक्ष माया सिलवालले जानकारी दिनुभयो । अनुगमनका क्रममा  केही  क्लिनिक एग्रोभेटहरुले औषधीको मूल्य सूचि नराखेको, आवश्यक डकुमेन्ट पुरा नभएको दर्ता नभएको र रिनु  नभएको भेटिएको उपाध्यक्ष  सिलवालले बताउनुभयो । ती एग्रोभेट  तथा क्लिनिकहरुलाई एक हप्ता भित्र दर्ता, रिनु र आवश्यक प्रमाणपत्रहरु उपलब्ध गराउन अल्टिमेटम दिएको  उहाँले बताउनुभयो । एक हप्ताभित्र आवश्यक प्रकृया पुरा नगरे कारबाही गरिने  उहाँको भनाई छ ।

सो अवसरमा होटलहरुमा समेत अनुगमन गरेका थिए । केही होटलहरुमा पनि मूल्य सूचि नराखेको र सरसफाईमा ध्यान नदिएको पाइएको छ । ती होटलहरुलाई तत्काल सुधार नगरे कारबाही गर्ने चेतावनी दिएको उपाध्यक्ष सिलवालले बताउनुभयो ।
अनगुमनको टोलिमा उपाध्यक्ष सिलवालसहित प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुषाल, स्वास्थ्य शाखा प्रमुख हरि बहादुर देवकोटा लगायत रहनुभएको थियो ।