कुरिनटार : अविरलबर्षासगैँ विभिन्न स्थानमा पहिरो खसेपछि पृथ्वीराजमार्गको मुग्लिन–मलेखु सडक अवरुद्ध बनेको छ।  इलाका प्रहरी कार्यालय मुग्लिनका  प्रहरी निरिक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ घोप्टेभीर र वडा नम्बर ३ फिस्लिङ र मौवाखोलाको बिचमा पहिरो खस्दा सडक दुई तर्फी अवरुद्ध बनेको हो । अहिले पहिरो पञ्छाउने काम  भइरहेको उहाँले  बताउनुभयो । प्रहरी निरिक्षक भण्डारीका अनुसार यस अघि चुम्लिङटारमा खसेको पहिरो  भने पूर्णरुपमा हटाइसेको छ ।  उहाँका अनुसार  फिस्लिङमा भने केहीबेरमा  सडक दुइतर्फी सुचारु हुनेछ ।