धादिङ: पहिरो पन्छाइएसँगै काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा दुईतर्फी सवारी सञ्चालनमा आएको छ।धादिङको धुनिबेसी नगरपालिका–९ मा सोमबार साँझ लेदोसहितको पहिरो खसेर अवरूद्ध भएको पृथ्वी राजमार्ग मंगलबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाले जानकारी दिए।

दुईवटा एक्सकाभेटर प्रयोग गरी बिहान ३ बजे पहिरो पन्छाएको उनले बताए। पहिरो पन्छाउन करिब पाँच घण्टा लागेको थियो। साँझ ६ बजेदेखि बाटो दुईतर्फी नै अवरूद्ध हुँदा धादिङ र काठमाडौंतर्फ सवारी साधनको लामो लाइन लागेको थियो।