
कुरिनटार- नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत वडा स्तरीय अधिवेसन सकेको चितवन कांग्रेसले स्थानियतह स्तरिय अधिवेशनको समय यहि असोज ९ गतेलाइ तोकेपछी विभिन्न पदमा आकांक्षि हरुको उम्मेद्बारी घोषणा हुन थालेको छ।
चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामापनि अधिवेशनको सर्गर्मी बढेको छ । नेपाली कांग्रेस इच्छाकामना सभापतिकोलागि वर्तमान सभापति तथा इच्छाकामना गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले पनि आफ्नो उम्मेद्बारी घोषणा गर्नु भएको छ। आज बिहान सामाजिक संजाल मार्फत उहाले नेपाली कांग्रेस इच्छाकामना सभापति पदको लागि उम्मेद्बारी घोषणा गर्नु भएको हो। नेपाली कांग्रेसको सिर उच्च राख्ने संकल्प सहित र प्रहरी कार्यलय, बन, सिडियो, सडक लगायतको स्थानमा आफू सधै न्यायको लागि खडाहुने बाचा सहित उहाले उम्मेद्बारी घोषणा गर्नु भएको इच्छाखबर सङको कुराकानिमा बताउनुभएको छ।
केही दिन अगाडि सभापति पदकै लागि इच्चाकामना गाउँपालिका नेपाली कांग्रेसका पुर्व संयोजक बिष्णु कुवरले पनि उम्मेद्बारी घोषणा गर्नु भएको थियो। कृतीकुमार श्रेष्ठको उम्मेद्बारी घोषणा सङै इच्छाकामनामा सभापती लगायत पदको लागि प्रष्ट रुपमा दुई पक्षिय भिडन्त हुने अबस्था देखा परेको छ।