कुरिनटार : चितवनमा होर्डिङबोर्ड राख्ने क्रममा खसेर एक पुरुषको ज्यान गएको छ । शनिबार दिउँसो चितवनको इच्छाकामना ४ कुरिनटारमा होर्डिङबोर्ड राख्ने क्रममा खसेर मलद्वारमा रड छिरेपछि ठेगाना नखुलेका अन्दाजी २५/२६ बर्षको भारतीय नागारिक रोहित गिरिको मृत्यु भएको हो ।
हाइलाइफ ब्राण्डको कुरुम–कुरुम चिउराको होर्डिङबोर्ड राख्ने क्रममा आज दिउँसो २ बजे खसेर घाइते भएका उनको उपचारको क्रममा सवा ३ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।