
कुरिनटार : पहिरोका कारण अवरुद्ध मुग्लिन –नौविसे सडक सञ्चालनमा आएको छ । यस सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना ४ नाग्दीखोला नजिकै खसेको पहिरोका कारण गएराती ११ ४५ बजेदेखि दुइतर्फी अवरुद्ध बनेको सडक सञ्चालनमा आएको हो ।सडक डिभिजन कार्यालयको दुई वटा लोडरले पहिरो पञ्छाई सडक सुचारु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिन जनाएको छ । पहिरो पञ्छाएसँगै सवारी साधनहरु गन्तव्य तर्फ लागेका छन् ।