गोरखा : शहिदलखन ३ करनटार गोरखामा खुल्ला भोलिबल प्रतियोगिता हुने भएको छ । दशैँको अवसर पारेर स्वास्थ्यका लागि खेल भन्ने मुल नारासहित श्री गोरखा त्रिवेणी युवा क्लब करनटारले प्रथम करनटार कप २०७८ भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।
प्रतियोगिता असोज १८ गतेदेखि २० गते सम्म गोरखाको शहिदलखन ३ करनटार स्थित त्रिवेणी भगवती मन्दिर परिसरमा हुने छ ।

गोरखाको शहिदलखन ३ र आसपासका टिमहरुलाई समेट्ने गरि प्रतियोगिता आयेजना गर्न लागिएको संयोजक मानध्वज गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगिताका विजेता टिमले रु।५० हजार नगद कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैबिच दोश्रो हुने टिमले रु ३० हजार नगद, कप मेडल र प्रमाणपत्र ,तेश्रो हुनेले रु। २० हजार नगद कप मेडल र प्रमाणपत्र पाप्त गर्ने छन् ।
यसैबिच उत्कृष्ट खेलाडीले रु २ हजार ५०० नगद मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।