चितवनका सात वटै स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलन गरिँदै
चितवन : चितवनका सात वटै स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम गरिने भएको छ । दुई चरणमा नामावली संकलन गरिने जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ ।
माडी नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा मंसिर १७ गतेदेखि पुस २ गतेसम्म, खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा पुस ४ गतेदेखि १८ गतेसम्म मतदाता नामावली संकलन हुनेछ ।
भरतपुर महानगरपालिका र बाहिरि जिल्ला ठेगना भएका तर चितवनमा बसोबास गर्नेहरुको जिल्ला निर्वाचन कार्यालमै मतदाता नामावली स...









