
चितवन : नारायणगढ –मुग्लिन सडक खण्डमा ट्रिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । केहीबेर अघि मुग्लिन तर्फबाट नारायण तर्फ जादैँ गरेको प्रदेश २–३–००१ प् ४२४९ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ जादैँ गरेको ना ६ ख ६७२७ नम्बरको ट्रिपरले भरतपुर महानगारपालिका २९ जुगेडीमा ठक्कर दिदाँ अन्दाजी ५०/५५ बर्ष उमेरकी कुमारी सर्कीको घटनास्थलमै ज्यान गएको हो । मृतकको ठेगाना खुलेको छैन । मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन् । थप विवरण आउन बाँकी ।