मुग्लिन : नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत चितवनको इच्छाकामना ६ स्थित नौ किलोमाबाट त्रिशुली नदीमा ट्रक खसेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार ट्रकको अधिकांस भाग पानीमा डुबेको छ । चालकको अवस्था पनि अज्ञात रहेको प्रहरीले जनाएको छ । प्रहरीलाई पाँच बजे घटनाको बारेमा जानकारी प्राप्त भएको थियो । अहिले इलाका प्रहरी कार्यालय मुग्लिन र शसस्त्र प्रहरी बल कुरिनटारको टोलीले घटना स्थलमा पुगी वेपत्ता चालकको खोजी कार्य जारी राखेको छ । प्रहरीका अनुसार ट्रक नम्बर र ट्रकमा कती जना सवार थिए भन्ने अझै खुल्न सकेको छैन ।