मुग्लिन, १६ पुस । नारायणगढ–मुग्लिन सडक खण्डको तीन नम्बर पुलमा मोटरसाईकललाई टाटासुमोेले ठक्कर दिदाँ दुई जना गम्भिर घाईते भएका छन् । चितवनको इच्छाकामना गाउँपालिका ५ र ६ को सीमास्थल मा पर्ने तीन नं पुलमा आज साँझ करिब ५ः४० बजेतिर उक्त दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनले दिएको जानकारी अनुसार नारणगढबाट मुग्लिनतर्फ आईरहेको ग १ ज ७१७० टाटा सुमो र मुग्लिनबाट नारयणगढतर्फ गैरहेको प्र ३ ०२ ००७ प ६३३० नं। को मोटरसाईकल दुर्घटनामा परेको हो । दुर्घटना परि २ जना गम्भिर घाईते भएका छन् भने घाईतेहरुको पहिचान खुलीनसकेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै घाईतेको उद्दार गरि उपचारका लागि भरतपुर पठाईएको प्रहरीले जनएको छ ।