
चितवन : पछिल्लो २४ घण्टामा चितवनमा थप १४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४७० जनाको पिसीआर र ५६ जनाको एन्टिजेन परिक्षण गर्दा १४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।
कार्यालयका अनुसार संक्रमित मध्ये सबै भन्दा धेरै ११७ जना भरतपुर महानगरपालिका भित्रका रहेका छन । खैरहनी नगरपालिकामा ७,माडीमा ३,रत्ननगरमा ६,राप्तीमा २,कालिकामा १ र ईछाकामनामा ३ जना थपिएका हुन् ।
चितवनमा सक्रिय संक्रमितको संख्या ४७० पुगेको छ । संक्रमित मध्ये ४५४ होमआइसोलेसन र १६ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।