चितवन :  नारायणगढ स्थित कमल नगरको पसलमा आगलागी भएको छ । एक इलेक्ट्रिक पसलमा भएको आगलागी फैलिदै गएर ६ वटा पसल जलेर नष्ट भएको छ ।

बिद्युत सट भएर आगलागी भएको अनुुमान गरिएको छ । बिहान करिव २ बजे लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा लिन नेपाली सेनाको दकल, भरतपुर महानगर, खैरहनी नगरपालिका, कावासोतीको दमकल प्रयोग गर्नुका साथै स्थानीय बासिन्दा, सुरक्षाकर्मी, लगायतको सहयोगबाट निभाउने प्रयास भईरहेको छ ।

आगलागीबाट पसलका सम्पूर्ण सामान पूर्णरुपमा जलेका छन् । आगलागीबारे थप विवरण आउन बाँकी छ ।