
इच्छाकामना, १५ बैशाख । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना वडा नम्बर ६ का वडाध्यक्ष उम्मेद्वार विराज गुरुङले जनताको सेवक भएर काम गर्ने बताउनुभएको छ । सत्ता गठबन्धनबाट उम्मेद्वारी दिएका कांग्रेसका यूवा नेता गुरुङले समग्र वडाकोे विकास गर्दे जनताको सेवा गर्ने अवसर यहाँको जनताहरुले प्रदान गर्नेमा विश्वास व्यक्त गर्दै सेवक बनेर काम गर्ने बताउनुभएको हो ।
उहाँले यहाँको जनताको सेवामा निरन्तर लागिरहेकोले एक पटक वडाध्यक्षमा विजयी गराई थप काम गर्ने अवसर दिनेमा विश्वास व्यक्त गर्नुभयो ।
घरदैलोमा रहेका गुरुङले यस पटक आफुलाई मतदान गरि विजयी गराउने आश्वासन पाएको बताउनुभयो ।
निर्वाचित भइसकेपछि यहाँको जनताको आवश्यकता र चाहना अनुसार काम गर्ने बताउनुभयो ।