
गोरखा, ११ जेठ । गण्डकी गाउँपालिकाको कार्यपालिका सदस्यमा ६ जना निर्विरोध निर्वाचित भएको छ । निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ता गर्ने दिन आज आवश्यक संख्यामा मात्र उम्मेद्वारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएको हो।
निर्वाचन कार्यालय गण्डकीले दिएको जानकारी अनुसार गण्डकी गाउँपालिकाको कार्यपालिका सदस्यमा महिला र दलित अल्पसंख्यक पदमा माओवादी केन्द्रबाट मात्रै उम्मेद्वारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएको हो।
निर्वाचित हुनेहरुमा महिला सदस्यमा कुन्तिमाया प्रजा, लक्ष्मी श्रेष्ठ, तारा परियार र अ माया राना मगरका साथै दलित, अल्पसंख्यक सदस्यमा लक्ष्मी बागदास र लक्ष्मी विश्वकर्मा रहेका छन्।