Banner News

आइतबार बिहानदेखि बेपत्ता तारा एयरको विमान थासाङ–२ मा फेला

आइतबार बिहानदेखि बेपत्ता तारा एयरको विमान थासाङ–२ मा फेला
काठमाडौँ  : आइतबार बिहानदेखि बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए । ‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको छ’, उनले भने । हिजो पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो ।

आइतबारदेखि बेपत्ता विमान खोज्न बिहानैदेखि खटियो नेपाली सेनाको टोली

आइतबारदेखि बेपत्ता विमान खोज्न बिहानैदेखि खटियो नेपाली सेनाको टोली
काठमाडौं  : हिजो आइतबार बिहानबाट बेपत्ता भएको तारा एयरको विमान खोज्न नेपाली सेनाको हेलिकोप्टर आज बिहानै मुस्ताङ पुगेको छ। आइतबार बिहान ९ : ५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान अझै बेपत्ता रहेको छ। हिजो राति ८ बजेसम्म पनि नभेटिएपछि उद्दार तथा खोजी टोली सदरमुकाम फर्किएको थियो। नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार साँझसम्म विमान नभेटिएपछि खोजी कार्य स्थगित भएको थियो। विमानको खोजीका लागि आज बिहानैदेखि टोली परिचालन गरिएको सिलवालको भनाइ छ। अध्यारो र प...

आजदेखि कक्षा १२ को परीक्षा सुरु हुँदै, ४ लाख १० हजार विद्यार्थी सहभागी हुने

आजदेखि कक्षा १२ को परीक्षा सुरु हुँदै, ४ लाख १० हजार विद्यार्थी सहभागी हुने
काठमाडौं ,१६ जेठ ।आजदेखि कक्षा १२ को वार्षिक परीक्षा  सुरु हुँदैछ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहान ८ बजेदेखि हुने परीक्षामा अनुसार चार लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। जेठ २५ गतेसम्म परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए। बोर्डले कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ। कोरोना महामारीका कारण बोर्डले गत वर्षदेखि प्रश्नप...

आज १५औँ गणतन्त्र दिवस

आज १५औँ गणतन्त्र दिवस
काठमाडौं, १५ जेठ । आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।...

मुग्लिन–नागढुंगा सडक विस्तारको काम बजेट अभावले सुरु हुनै सकेन

मुग्लिन–नागढुंगा सडक विस्तारको काम  बजेट अभावले  सुरु हुनै सकेन
शुक्र गिरी काठमाडौं : साइट क्लियर नहुँदा मुग्लिन–नागढुंगा सडक विस्तारमा अवरोध भएको छ । विस्तारको काम ठेक्का लागे पनि साइट क्लियर नगरीदिँदा निर्माण कम्पनीलाई काम गर्न गाह्रो भएको हो। नागढुंगा–मुग्लिन सडक विस्तार आयोजना प्रमुख किरण कार्कीका अनुसार यस खण्डमा पर्ने १४० वटा घरटहराको मुआब्जा क्षतिपूर्ति वितरणका लागि करिब ३० करोड रुपैयाँ चाहिन्छ । आयोजनासँग त्यसका लागि बजेट छैन । यो सडक विस्तारको काम विश्व बैंकको ऋण सहयोगमा निर्माण हुने भएकाले यस आयोजनामा दिनुपर्ने मुआब्जाल...

दुई ट्रक एकापसमा ठक्कर खादाँ, एक जना घाइते, नारायणगढ –मुग्लिन सडक एकतर्फी सञ्चालन

दुई ट्रक एकापसमा ठक्कर खादाँ, एक जना घाइते, नारायणगढ –मुग्लिन सडक एकतर्फी सञ्चालन
मुग्लिन : नारायणगढ –मुग्लिन सडकमा दुई वटा ट्रक एकापसमा ठक्कर खादाँ एक जना घाइते भएका छन् । नारायणगढ –मुग्लिन सडक अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित तिन नम्बर पुलमा मुग्लिनबाट नारायणगढ तर्फ गईरहेको ना६ख ७८०४ नम्बरको डिब्बा ट्रक र बिपरित दिशाबाट आई रहेको लु२ख ५६५४ नम्बरको ट्रक विहान ५ :  ५५ बजे ट्रक एक आपसमा ठक्कर खांदा ना ६ ख ७८०४ नम्बरको डिब्बा ट्रकको चालक झापाको बुद्धशान्ती ३ बस्ने बर्ष ४० को मनोज धिमाल घाइते भएका हुन् । उनको को खुट्टामा चोट लागेको छ । उनलाई उप...

राष्ट्रपति भण्डारीद्वारा ८३४ कैदीको सजाय मिनाहा

राष्ट्रपति भण्डारीद्वारा ८३४ कैदीको सजाय मिनाहा
काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ जना कैदीको कैद सजाय माफ गरेकी छन् । गणतन्त्र दिवस, अवसरमा ती कैदीको सजाय माफी गरिएको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसमेतका २७१ जना र नरबहादुर साँवासमेतका ५४७ तथा उमाकान्त पराजुलीसमेतका १६ जनालाई २०७९ जेठ १५ गतेदेखि माफी मिनाहा गरेकी छन् ।  

संसद् बैठक बस्दै,वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने

संसद् बैठक बस्दै,वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने
काठमाडौँ :  आज पनि प्रतिनिधिसभा आज बस्दै छ । बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्‍ने भएको हो । बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसद्हरूले धारणा राखिरहेका छन् ।

मौसम : आज चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

मौसम  :  आज चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
  चितवन : मौसम पुर्वानुमान महाशाखका अनुसार हाल नेपालमा स्थानीय वायु,  भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन , चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शनिबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँ...

इच्छाकामना गाउँपालिकाको प्रवक्तामा नर बहादुर नेपाल नियुक्त

इच्छाकामना गाउँपालिकाको प्रवक्तामा नर बहादुर नेपाल नियुक्त
कुरिनटार,१३ जेठ । चितवनको इच्छाकामना गाउँपालिकाको प्रवक्तामा नर बहादुर नेपाल नियुक्त हुनुभएको छ । आज शुक्रबार बसेको गाउँपालिका कार्यापालिकाको बैठकले वडा नम्बर ३ का वडाध्यक्ष समेत रहनुभएका नेपाललाई प्रवक्तामा नियुक्त गरिएको हो ।