काठमाडौं  : हिजो आइतबार बिहानबाट बेपत्ता भएको तारा एयरको विमान खोज्न नेपाली सेनाको हेलिकोप्टर आज बिहानै मुस्ताङ पुगेको छ। आइतबार बिहान ९ : ५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान अझै बेपत्ता रहेको छ।

हिजो राति ८ बजेसम्म पनि नभेटिएपछि उद्दार तथा खोजी टोली सदरमुकाम फर्किएको थियो। नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार साँझसम्म विमान नभेटिएपछि खोजी कार्य स्थगित भएको थियो। विमानको खोजीका लागि आज बिहानैदेखि टोली परिचालन गरिएको सिलवालको भनाइ छ।

अध्यारो र प्रतिकुल मौसमका कारण नेपाली सेनाले खोजी तथा उद्दार कार्य अहिलेलाई रोकेको र आज बिहानैबाट स्थल तथा हवाई दुवै मार्गबाट पुनः खोजी कार्य सुरु थालिएको हो।

 

नेपाली सेनाले बेपत्ता जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको हुनसक्ने सूचना आएको जनाएको नेपाली सेनाले जनाएको छ। खोजीका लागि सेनाको टोली आज विहानै त्यसतर्फ गएको छ।

सम्पर्कविहीन भएको  तारा एयरको ट्वीनअटर  जहाजमा चार भारतीयसहित ६ विदेशी र १३ नेपाली यात्रु रहेको तारा एयर जनाएको छ।

जसमा धनुषाको मिथिला नगरपालिका ११ लोटागाउँका एकै परिवारका ७ जना रहेका छन्। यस्तै गोरखाको शहीद लखन गाउँपालिका ५ को तिनपानेका ४ जना एकै परिवारका रहेका छन्।