Banner News

चितवनका सात स्थानीय तहलाई चार अर्ब ७२ करोड २१ लाख बजेट,इच्छाकामना गाउँपालिकालाई ३८ करोड विनियोजन

चितवनका सात स्थानीय तहलाई चार अर्ब ७२ करोड २१ लाख बजेट,इच्छाकामना गाउँपालिकालाई ३८ करोड विनियोजन
चितवन : संघीय सरकारले आगामी आर्थिक वर्ष ०७९/०८० का लागि चितवनका सात स्थानीय तहलाई जम्मा चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन गरेको छ । जसमा समानीकरण अनुदानमार्फत एक अर्ब ५० करोड तीन लाख, सशर्त अनुदानमार्फत दुई अर्ब ९५ करोड ३० लाख, विशेष अनुदान मार्फत १८ करोड २८ लाख र समपुरक अनुदानमार्फत आठ करोड ६० लाख विनियिजन गरेको छ । कुन पालिकाले कति पाए ? सरकारबाट चितवनको भरतपुर महानगरपालिकाले एक अर्ब ८० करोड २४ लाख अनुदान बजेट प्राप्त गरेको छ । आगामी आर्थिक वर्षका लागि महानगरले उक...

चितवनमा एक सय ७९ तोला अबैध चाँदीसहित एक जना पक्राउ

चितवनमा एक सय ७९ तोला  अबैध चाँदीसहित एक जना पक्राउ
चितवन :   चितवनमा एक सय ७९ तोला २८ लाल चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका–११ स्थायी घर भई गैँडाकोट नगरपालिका–५ बस्ने २४ वर्षीय कुमार विक छन् । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनलाई भरतपुर महानगरपालिका–११ स्थित भोजाड–पदमपुर सडकखण्डबाट पक्राउ गरिएको हो । उनलाई रु दुई लाख २८ हजार १९७ बराबरको बिनाबिलको चाँदीका गरगहनासहित नियन्त्रणमा लिइएको हो । विकको साथबाट प्रदेश०३–००२प ७०६६ नंको ...

काडै काडाको बिच फुलेको फुल हो बालबालिका- भ.न.पा उपमेयर अधिकारी

काडै काडाको बिच फुलेको फुल हो बालबालिका- भ.न.पा उपमेयर अधिकारी
आशिष अधिकारी जेठ १९ भरतपुर माहानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीले बालबालिका काडै काडाको बिचमा फुलेको फुल भएको बताउनु भएको छ । दियालो परिवार नारायणगढको ४५ औ स्थापना दिबस तथा जनप्रतिनिधि सम्मान कार्यक्रमको अबसरमा आयोजित कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले बालबालिका देशका मेरुदण्ड भएकाले उनिहरुको सरक्षण गर्नु हामी सबैको दायित्व भएको बताउनु भयो । बालअधिकार सुनिश्चित गर्नु सबैको उत्तिकै दायित्व हो,उप प्रमुख अधिकारीले भन्नू भयो । उहाँले आफू पनि बालबालिकाको क्षेत्रमा काम ...

भारतीय कारको ठक्करबाट चितवनमा युवकको मृत्यु

भारतीय कारको ठक्करबाट चितवनमा युवकको मृत्यु
चितवन :  खैरहनीमा भारतीय कारले ठक्कर दिँदा युवकको मृत्यु भएको छ।कालिका नगरपालिका–४ घर भई हाल खैरहनी नगरपालिका–८ बस्ने २१ वर्षीय विश्वास गुरुङको मृत्यु भएको हो। पूर्व पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–९ सिमलटाँडीमा बुधबार साँझ भारतीय कारको ठक्करबाट घाइते भएका गुरुङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। लोथरबाट नारायणगढतर्फ आउँदै गरेको जेएच ०१ डिएक्स ७७३९ नम्बरको भारतीय कारले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३–००५ प २६६९ नम्बरको मोटरसाइकलला...

७ वर्षीया बालिका बलात्कृत

७ वर्षीया बालिका बलात्कृत
बर्दिया :  ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका ३ भगरैया बस्ने ४४ वर्षीय कृष्ण बहादुर कामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । कामीले ती बालिकालाई माछा मार्न गएको अवस्थामा सोमबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यता पाल्पामा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तिनाउ गाउँपालिका-५ कैलाशनगर बस्ने ४१ वर्षीय वीर बहादुर पौडेल क्षेत्रीलाई बुधबा...

नारायणहिटी दरबार हत्याकाण्डको २१ वर्ष पूरा, हत्याकाण्ड अझै रहस्यकै गर्भमा

नारायणहिटी दरबार हत्याकाण्डको २१ वर्ष पूरा, हत्याकाण्ड अझै रहस्यकै गर्भमा
काठमाडौं : नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनाश भएको थियो। शुक्रवार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो। घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो। यस्तै राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्गविक्रम लगायत पनि मारिएका थिए। हत्याकाण्डपछि तत्कालीन प्रधान...

इच्छाकामनामा सवारीको ठक्करबाट एक पुरुषको मृत्यु

इच्छाकामनामा सवारीको ठक्करबाट एक पुरुषको मृत्यु
कुरिनटार :  चितवनमा सवारी साधनको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानीमा सवारीको ठक्करबाट अन्दाजी ३०÷३५ बर्षको नाम थर र वतन नखुलेको पुरुषको मृत्यु भएको हो । हाल सम्म ठक्कर दिने सवारीको नम्बर र किसिम समेत नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकरीले जानकारी दिनुभयो । उहाँका अनुसार विहान ३ : ४५ बजे सवारी साधनले ठक्कर दिई मृत अबस्थामा शब भेटिएको भन्ने खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय मु...

कुरिनटारनजिक गाडिको ठक्करबाट एक जना गम्भीर घाइते।गाडी पहिचान गर्न पृथ्वी राजमार्ग अबरुद्ध गरियो।

कुरिनटारनजिक गाडिको ठक्करबाट एक जना गम्भीर घाइते।गाडी पहिचान गर्न पृथ्वी राजमार्ग अबरुद्ध गरियो।
कुरिनटार, १८ जेठ। चितवनको इच्छाकामना ४ लेवाटार नजिकै सवारी साधनको ठक्करबाट एक जना घाइते भएका छन् । घाइते र सवारी साधन दुबैको पहिचान नखुलेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । अहिले राजमार्गमा सवारी रोकेर ठक्कर दिने सवारी साधनको खोजी भइरहेको प्रहरीले जनाएको छ । विहान ४ बजे प्रहरीले खबर पाउनसाथ प्रहरीचौकी कुरिनटारले घाइतेको उद्धार गरि अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनएको छ । अहिले इच्छाकामना ३ फिश्लिङ नजिक स...

श्रीमानको कुटपिटबाट घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

श्रीमानको कुटपिटबाट घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु
चितवन :  श्रीमानको कुटाइबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ । चितवनको खैरहनी नगरपालिका वडा नंं १० की गीता माझीको भरतपुर अस्पतालमा उपचारको क्रममा सोमबार राति ११ः५० बजेको समयमा मृत्यु भएको हो । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार शल्यकृया गरेको बिरामीको मुटुको चाल एक्कासी बन्द हुने समस्या कारण मृत्यु भएको हो। यो समस्या प्रति एक लाखमध्ये दुई जनामा देखिने समस्या भएको उहाँको भनाई छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार उनको शव भ...

जननिर्वाचित एमालेका दुई वडा सदस्यलाई कार्यकर्ताले लगाए जुत्ताको माला र कालोमोसो।

जननिर्वाचित एमालेका दुई वडा सदस्यलाई कार्यकर्ताले लगाए जुत्ताको माला र कालोमोसो।
सोलुखुम्बुमा नेकपा एमालेबाट निर्वाचित भएका दुई वडासदस्यलाई एमालेकै कार्यकर्ताले कालोमासो दलेर जुत्ताको माला लगाइदिएका छन् । सोलुखुम्बुको सोताङ गाँउपालिकाको कार्यपालिकाको चुनावमा कांग्रेसलाई भोट हालेको भन्दै एमाले कार्यकर्ताले उनीहरुलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएर दुर्व्यवहार गरेका हुन् । दुव्र्यवहारमा पर्नेमा सोताङ गाउँपालिका-२ का दुर्गाप्रसाद राई र वडा नम्बर–४ का सन्देश तामाङ छन् । पार्टी कमिटी अध्यक्ष वीरबहादुर राईले विज्ञप्ति निकाल्दै २०७९ जेष्ठ १६ गते ...