Banner News

कार र ट्यांकरसंग ठक्कर खाइ मोटरसाइकल चालकको ज्यान गएपछि अबरुद्ध पृथ्वी राजमार्ग सुचारु

कार र ट्यांकरसंग  ठक्कर खाइ मोटरसाइकल चालकको ज्यान गएपछि  अबरुद्ध पृथ्वी राजमार्ग सुचारु
कुरिनटार। आज साझ ६ः४५ बजेको समयमा चितवनको इच्छाकामना गाउँपालिका वडा नं-४, लेवाटार र रमाइलो डाँडा नजिक  पृथ्वी राजमार्गमा कारसँग मोटरसाइकल र ट्याङ्कर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक गोर्खाको शहीद लखन गाउँपालिका वडा नं ४ का २३ वर्षीय सन्तोष चेपाङको घटनास्थलमै मृत्यु भएको हो । शवलाई पोस्टमार्टमको लागि भरतपुर अस्पतालतर्फ पठाइएको प्रहरीले जनाएको छ । काठमाडौँबाट मुग्लिनतर्फ जादै गरेको प्रदेश ३-०१-०२३ च ५०७४ नं को कारलाई सोही दिशाबाट जादै गरेको बा ७५ प ६११६ नं क...

लेवाटारमा ट्याङ्कर र मोटरसाइकल एकापसमा ठोक्किदाँ एक जनाको घटनास्थलमै मृत्यु

लेवाटारमा ट्याङ्कर र मोटरसाइकल एकापसमा ठोक्किदाँ एक जनाको घटनास्थलमै मृत्यु
कुरिनटार :  चितवनको इच्छाकामनामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ कुरिनटार नजिकै धारापानीमा बा ७५ प ६११६ नम्बरको मोटरसाइकल र ना ७ ख १३७१ नम्बरको  तेल ट्याङ्कर एकाआपसमा ठक्कर खादाँ मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।  मृतकको पहिचान खुलेको छैन । थप विवरण आउन बाँकी छ। अहिले प्रहरी घटना स्थलमा पुगेको छ ।अहिले राजमार्ग अवरुद्ध रहेको छ । तस्वीर :  सन्तोष विश्वकर्मा/ इच्छाकामना एफएम

चितवनको इच्छाकामना ६ मा निस्सा वितरण सुरु

चितवनको इच्छाकामना ६ मा निस्सा वितरण सुरु
जलबिरे :  चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा दलित, भूमिहिन, सुकुम्बासी,अव्यवस्थित बसोबासिका लागि निवेदन दर्ता निस्सा वितरण सुरु गरिएको छ । आज पहिलो दिन वडा कार्यालय जलबिरेमा २५ जनालाई निस्सा वितरण गरिएको वडाध्यक्ष लक्ष्मण चेपाङले बताउनुभयो । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, गाउँपालिका कार्यालय सेवा केन्द्रका प्रमुख हरि देवकोटा लगायतको उपस्थितिमा निस्सा वितरण गरिएको हो । गाउँपालिका कार्यालय सेवा केन्द्रका अनुसार इच्छाकामनामा ३ हजार ३८९ भू...

गजुरीबाट चोरी भएको स्कुटर इच्छाकामनाको कुरिनघाटमा फेला।

गजुरीबाट चोरी भएको स्कुटर इच्छाकामनाको कुरिनघाटमा फेला।
कुरिनटार -  धादिङको गजुरी बाट चोरी भएको स्कुटर इच्छाकामना गाउँपालिका ३ कुरिनघाटमा वेवारिसे अवस्थामा फेला परेको छ।                                                                                                  राष्ट्रिय वाणिज्य बैंक गजुरी साखा प्रमुख अनिता श्रेष्ठको बा८२प ४६५० नम्बरको होण्डाको स्कुटर गत १२ गते राती राखेको स्थान बाट चोरी गरि cc camera मा नम्बर नखुलेको  डबल क्याब बोलेरोमा राखी गजुरी बाट मुग्लिङ तर्फ लगिएको देखिए पनि फेला नपरी रहेको अवस्थामा गए राती करिव ८ बजे ...

काठमाडौंमा अन्तर्राष्ट्रिय शैक्षीक मेलाको आयोजना गर्दै एसआइ युके नेपाल

काठमाडौंमा अन्तर्राष्ट्रिय शैक्षीक मेलाको आयोजना गर्दै एसआइ युके नेपाल
काठमाडौं :  एसआइ युके नेपालले जुन ११ अर्थात जेष्ठ २८ गते होटल एभरेष्टमा दि लार्जेष्ट युके एजुकेशन फेयर २०२२ को आयोजना गर्ने भएको छ । आइतबार ९आज० आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै एस आइ युके नेपालले सो कुराको जानकारी गराएको हो । अन्तर्राष्ट्रिय शैक्षीक गन्तव्य र विश्वबिद्यालयका प्रतिनिधि माझ प्रत्यक्ष जानकारी गराउने उद्देश्यले एस आइ यु के नेपालले आफ्नो स्थापना काल देखिनै बेला–बेलामा यस्तो किसिमको शैक्षीक मेलाको आयोजना गर्दै आएको संस्थाका डिरेक्टर विनय अधिकारील...

इच्छाकामनामा सार्वजनिक सुनुवाई कार्यक्रम

इच्छाकामनामा सार्वजनिक सुनुवाई कार्यक्रम
कुरिनटार :  इच्छाकामनामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ ।चितवनको इच्छाकामना गाउँपालिकाले आर्थिक बर्ष २०७४/७५ देखि आर्थिक बर्ष २०७८÷७९ सम्मको बार्षिक प्रगति समिक्षा तथा आर्थिक बर्ष २०७८/७९ को प्रवाह गरिएको सेवा सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागीहरुले अस्पताल निर्माणमा अलपत्र परेको,फोहोर व्यवस्थापन र सडकमा नाली नहुदाँ बजार फोहोर भई दुर्गन्ध फैलिएको, कृषकहरुको उत्पादनले बजार नपाएको,अपेक्षा भन्दा ज्यादै न्युन मात्रामा आन्तरिक श्रोतबाट आम...

मुग्लिन पोखरा सडक अन्तरगत तनहुँको याम्पा– घाँसीकुवा खण्ड आज राति ११ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने

मुग्लिन पोखरा  सडक अन्तरगत तनहुँको याम्पा– घाँसीकुवा खण्ड आज राति ११ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने
तनहुँ : मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको याम्पा फाँट र घाँसीकुवा खण्ड आज जेठ २२ गतेदेखि राति ११ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने भएको छ । सो क्षेत्रमा सडक खन्नुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि आज राति ११ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिने मुग्लिङ–पोखरा सडक आयोजना (पूर्वीखण्ड) तनहुँले जनाएको छ । राति ११ बजे अगाडि र बिहान ४ बजे पछाडिको समयमा मात्र सो सडकखण्डमा गाडी चलाउन आयोजनाले आग्रह गरेको छ । हाल मुग्लिन–पोखरा सडकखण्डका बिभिन्न स्थानमा सडक फरा...

एकिकृत अखिल नेपाल शिक्षक संगठन वेनीघाटद्वारा जनप्रतिनिधिहरुलाई सम्मान तथा अन्तरकृया कार्यक्रम

एकिकृत अखिल नेपाल शिक्षक संगठन वेनीघाटद्वारा जनप्रतिनिधिहरुलाई सम्मान तथा अन्तरकृया कार्यक्रम
धादिङ :  एकिकृत अखिल नेपाल शिक्षक संगठन वेनीघाट रोराङले स्थानिय नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेका छन् । शनिबार वडा नम्बर ७ चरौदीँमा एक कार्यक्रमकाबिच सम्मान गरेका हुन् । सम्मानसगैँ शुभकामना आदान प्रदान तथा बृहत शैक्षिक योजनाको बारेमा बृहत अन्तरकृया कार्यक्रम समेत सम्पन्न गरिएको पेशागत संगठनका शिक्षक तिलक बहादुर चेपाङले जानकारी दिनुभयो । वेनीघाट रोराङका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)को प्रमुख आतिथ्यता तथा माओवादी केन्द्र वेनीघाट रोराङका अध्यक्ष राजेन्द्र कडेँेलक...

आबुखैरेनीबाट चोरी भएको स्कुटर सहित इच्छाकामनाका २ जना पक्राउ।

आबुखैरेनीबाट चोरी भएको स्कुटर सहित इच्छाकामनाका २ जना पक्राउ।
कुरिनटार- तनहुँको आंबुखैरेनी बाट चोरी भएको स्कुटर सहित चितवनको इच्छाकामनाबाट २ जना प्रहरी नियन्त्रणमा परेका छन।                                                                                                                  गत जेष्ठ ११ गतेराती तनहुँको आबुखैरेनी गाउँपालिका बाट चोरी भएको स्कुटर इच्छाकामना गाउँपालिका ३ फिश्लिङ बजारमा लुकाइ छिपाइ राखेको स्कुटर सहित मुग्लिङ प्रहरिको सहयोगमा आबुखैरेनी प्रहरीले चितवनको इच्छाकामना स्थायी ठेगाना भएका  गुरुङ थरका एकजनालाई नियन्त्रणमा ...

पृथ्वीराजमार्ग अन्तरगत याम्पा र घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द हुने

पृथ्वीराजमार्ग अन्तरगत याम्पा र घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द हुने
तनहुँ  :  पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले दैनिक पाँच घण्टा सडक बन्द गर्न लागिएको हो । आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन बन्द रहने मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) तनहुँका आयोजनाले जनाएको छ । सो समय अगाडी वा पछाडिमात्र उक्त सडक वारपार गरिदिन सर्वसाधारणलाई आग्रह गर्दै ...