![](https://ichchhakhabar.com/wp-content/uploads/2022/06/283969750_1958805260976690_7550208292148864769_n.jpg)
तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले दैनिक पाँच घण्टा सडक बन्द गर्न लागिएको हो ।
आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन बन्द रहने मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) तनहुँका आयोजनाले जनाएको छ ।
सो समय अगाडी वा पछाडिमात्र उक्त सडक वारपार गरिदिन सर्वसाधारणलाई आग्रह गर्दै यसबाट सर्वसाधारणमा पर्न जाने असुविधाप्रति सडक योजना क्षमाप्रार्थी रहेको बताइएको छ ।