
धादिङ : एकिकृत अखिल नेपाल शिक्षक संगठन वेनीघाट रोराङले स्थानिय नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेका छन् । शनिबार वडा नम्बर ७ चरौदीँमा एक कार्यक्रमकाबिच सम्मान गरेका हुन् ।
सम्मानसगैँ शुभकामना आदान प्रदान तथा बृहत शैक्षिक योजनाको बारेमा बृहत अन्तरकृया कार्यक्रम समेत सम्पन्न गरिएको पेशागत संगठनका शिक्षक तिलक बहादुर चेपाङले जानकारी दिनुभयो । वेनीघाट रोराङका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)को प्रमुख आतिथ्यता तथा माओवादी केन्द्र वेनीघाट रोराङका अध्यक्ष राजेन्द्र कडेँेलको विशेष आतिथ्यता र नवनिर्वाचित वडा अध्यक्षहरु हेमराज भुजेल, राजु बहादुर मगर, रोशनकुमार सिलवाल, ,टेकनाथ सिलवाल (राजेन्द्र), कुमार बस्नेत, राजकुमार श्रेष्ठ, एकिकृत अखिल नेपाल शिक्षक संगठन वागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष तिलक बहादुर चेपाङ, माअोवादी केन्द्र वेनीघाटका सल्लाहकार पुष्पराज सिलवाल लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि गाउँपालिका अध्यक्ष थपलियाले शिक्षाको आमुल परिवर्तनका लागि व्यवसायिक प्राविधिक तथा स्वरोजगारमुलक शिक्षामा ५ प्रतिशत बजेट थप गरेर शिक्षालाई प्राथमिकताका साथ अगाडी बढाइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
हाल वेनीघाट रोराङ गाउँपालिकामा ७४ वटा विद्यालयहरु रहेका छन् । जसमध्ये ११ वटा माध्यमिक तह, निजि विद्यालय २ वटा, आवासिय विद्यालय १ वटा, नमूना विद्यालय १ वटा रहेकोमा ८० प्रतिशित साधाराण धार तर्फको विद्यालय संरचनालाई प्राविधिक धारमा लैजानुपर्ने र २० प्रतिशितलाई साधारण धारमा लानुपर्ने सुझाव शिक्षकहरुबाट आएको पेशागत संगठनका शिक्षक तिलक बहादुर चेपाङले जानकारी दिनुभयो ।
हाल नेपालमा ठिक उल्टो ८० प्रतिशत साधारण धार र २० प्रतिशत प्राविधिक तर्फ अध्ययन अध्ययापन भइरहेको तथ्याङ्क देखिन्छ ।