आशिष अधिकारी / भरतपुर
जेठ २६
भरतपुर माहानगरका उप प्रमुख चित्रसेन अधिकारीले बाताबरण सफा नभए सम्म र फोहोरको उचित ब्यबस्थापन नभए सम्म बिकासको लहर नआउने
बताउनु भएको छ । उप प्रमुख अधिकारीले बर्षमा सात दिन मात्र नभई तीन सय पैसठि दिनै बाताबरणको क्षेत्रमा काम गर्नु पर्ने बताउनु भयो ।
भरतपुर माहानगरले बिहिवार आयोजना गरेको बिश्व बाताबरण दिबसको सप्ताहब्यापी कार्यक्रमको समापन सत्रमा बोल्दै उप प्रमुख अधिकारीले बाताबरण सफा भए मात्र मान्छेहरु स्वतन्त्र रुपबाट जिबनयापन गर्न सक्ने बताउनु भयो । बाताबरणलाई सफा र सुन्दर राख्न प्रत्येक घर घरले अपनत्व लिनु पर्छ उप प्रमुख अधिकारीले भन्नू भयो, तब मात्रै तपाई हामीले सोचे अनुसारको बाताबरणको अनुभुती पाउन सकिन्छ । उहाँले पछिल्लो समय बिश्व कै बाताबरणको अवस्था बिग्रदै गएको प्रति पनि चिन्ता व्यक्त गर्नु भयो । बाताबरण र मानव बिच नङ र मासुको जस्तै सम्बन्ध रहेको पनि उप प्रमुख अधिकारीले बताउनु भयो ।
उहाँले तीन तहबाट फोहोरको वर्गीकरण गरेर ब्यबस्थापन गर्न पनि सम्बन्धित पक्षहरुसग आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुबेदिले भरतपुर माहानगरलाइ बाताबरण मैत्री बनाउनु पर्नेमा जोड दिनु भयो । उहाँले एक हप्ता मात्र नभई सधै भरि फोहोर र बाताबरणको क्षेत्रमा काम गरेर उदाहरणीय बन्न पनि सबैमा अपिल गर्नु भयो । माहानगरले सप्ताब्यापी कार्यक्रम अन्तर्गत विभिन्न बिधालयमा सरसफाइ , राप्ती तटिय क्षेत्रमा फोहोर ब्यबस्थापन, विभिन्न वडाहरुमा बृक्षारोपण जस्ता कामहरु गरेको छ । कार्यक्रममा वे ग्रुप अफ नेपाल, हाम्रो दृस्टी राम्रो दृस्टी, नेपाल बिकास समाज, क्रियशन नेपाल, राप्ती तटिय क्षेत्र सरसफाइ लगायतका १२ वटा सस्थाहरुले समन्वय गरेका थिए । कार्यक्रममा विभिन्न सघ सस्थाहरुले पुर्‍याएको उच्च कदर गर्दै उनिहरुलाइ सम्मान पनि गरिएको थियोे ।
भरतपुर माहानगर भित्र लगभग एक हजारको हाराहारीमा टोल बिकास सस्थाहरु रहेका छन । स्वस्थ्य मानिसले २४ घन्टामा २२ हजार पटक स्वासप्रस्वास गर्दछ भने उसलाई १६ कजि अक्सिजनको आबश्यकता पर्दछ ।