आशिष अधिकारी

असार,२ भरतपुर ।   भरतपुर महानगर पालिकाका उप प्रमुख चित्रसेन अधिकारीले पर्यटन विकासका लागि होटल व्यवसायको सबैभन्दा ठुलाे भूमिका रहने बताउनु भएको छ । देशलाई आर्थिक रूपमा बलियो बनाउन नीजि क्षेत्रको ठुलो भूमिका हुने भन्दै उप प्रमुख अधिकारीले होटल र पर्यटनको विकास गरेर धेरै भन्दा धेरै रोजगारी सिर्जना गर्न सकेमा देशमा देखिएको आर्थिक सङ्कटको समाधान गर्न सकिने बताउनुभयो ।

भरतपुर महानगरपालिका द्वारा आयोजित २१ दिने कुकिङ तथा बेकिङ तालिमको आज भरतपुमा उद्वघाटन गर्दै उप प्रमुख अधिकारीले सबैलाई आत्मनिर्भर बनाउने गरि महानगरले कार्ययोजना बनाएको समेत प्रष्ट पार्नु भयो । कुनै पनि काम सानो या ठुलाे हुदैन उहाँले भन्नू भयो, आफै आत्मनिर्भर बन्ने गरि काम गर्न सके बेरोजगारीको अन्त्य हुन समय नलाग्ने पनि उप प्रमुख अधिकारीको भनाइ छ । उहाँले पर्यटनलाई उत्पादन र रोजगारी सग जोड्न पनि आग्रह गर्नु भयो । भरतपुरलाई काठमाडौ र पोखरा पछिको तेस्रो पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने लक्ष्य अनुसार काम अगाडि बढीरहेको पनि बताउनु भयो ।

भरतपुर महनगरको बार्शिक कार्यक्रम अन्तर्गत बिहीबारदेखि शुरु भएको २१ दिने कुकिङ तथा बेकिङ तालिमको चितवन पर्यटन बिकास समिति र होटल ब्यबसायी संघ चितवन सहयोगी सस्थाको रुपमा रहेका छन । भरतपुर महानगरमा ३० वटा भन्दा बढी पर्यटकीय गन्तव्य रहेका छन । कार्यक्रममा प्रशिक्षक सुदिप भट्ट,होटल ब्यबसायी संघ चितवनका अध्यक्ष दिल कुमार श्रेष्ठ, पर्यटन बिद डा बिश्व राज सुवेदी लगायतले मन्तव्य राख्नु भएको थियोे ।