Banner News

नारायणगढ –मुग्लिन सडकखण्डको खहरेखोलामा चिप्लिएर बसका सहचालक बेपत्ता

नारायणगढ –मुग्लिन सडकखण्डको खहरेखोलामा चिप्लिएर बसका सहचालक बेपत्ता
मुग्लिन :  नारायणगढ –मुग्लिन सडकखण्ड अन्तरगत चितवनको इच्छाकामना ५ खहरेखोलामा चिप्लिएर खस्दा एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान २ बजे काठमाडौँबाट धनगढी जादैँ गरेको ना ६ ख७४६३ नम्बरको बसका सहचालक कैलालीको गोदावरी नगरपालिकाका ३४ बर्षिय तेज बहादुर बोहोरा बेपत्ता भएका हुन् । चाउचाउ किन्न भनी ओर्लने क्रममा बसको ढोकाबाट चिप्लिएर खरहेखोलामा खस्दा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दि...

जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितमा गैँडाकोट डोजाङ पहिलो

जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितमा गैँडाकोट डोजाङ पहिलो
भरतपुर :  चितवनको भरतपुरमा सम्पन्न २२औँ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा गैँडाकोट डोजाङ पहिलो भएको छ । सात स्वर्ण र एउटा कास्य पाउँदै डोजाङ पहिलो भएको हो । त्यस्तै माडी डोजाङ दोस्रो भएको छ । एक स्वर्ण र तीन कास्य पाउँदै डोजाङ दोस्रो भएको हो । त्यसैगरी एक स्वर्ण र दुई कास्य पाउँदै गौरीगञ्ज डोजाङ तेस्रो भएको छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने डोजाङ र खेलाडीहरुलार्ई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको राष्ट्रिय तेक्वान्दो संघ चितवनका अध्यक्ष विकास श्रेष्ठले ज...

मन्त्री दाहालद्वारा स्तरोन्नती भइरहेको सडकको अनुगमन,समयमै सम्पन्न गर्न निर्देशन

मन्त्री दाहालद्वारा स्तरोन्नती भइरहेको सडकको अनुगमन,समयमै सम्पन्न गर्न निर्देशन
कुरिनटार :  वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल अविनासले निर्माणाधिन आयोजनाहरुको काम सममै सक्न निर्देशन दिनुभएको छ । निर्माणधिन आयोजनाहरुको अनुगमन गर्ने क्रममा स्तरोन्नती भइरहेको चितवनको इच्छाकामना ४ स्थित नाग्दीखोला–लामिडाँडा सडकको अनुगमन गर्दै मन्त्री दाहालले यस्तो निर्देशन दिनुभएको हो । प्रदेश सरकरको रु १४ लाख बजेटमा ११८ मिटर कंक्रिट ढलान भइरहेको छ। २०७९ जेष्ठ २२ गते सम्झौता भई उक्त आयोजना सुरुभएको हो । केही दिन अघिको बर्षाले निर्माण सामाग्रीहर...

गुडिरहेको मोटरसाईकलमा पहिरो खस्यो, ३ वटा मोटरसाईकल क्षति, एक जना घाईते

गुडिरहेको मोटरसाईकलमा पहिरो खस्यो, ३ वटा मोटरसाईकल क्षति, एक जना घाईते
कुरिनटार , ४ असार । नारायणगढ– मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ६ तोपेखोला स्थित नाम्सीपुलमा गुडिरहेको ३ वटा मोटरसाईकलमा पहिरो खसेको छ। पहिरो परि मोटरसाईकलमा आशिंक क्षति भएको छ भने १ जना घाईते भएको छ । सुख्खा पहिरो खसेको कारण बिहानै देखि अवरुद्ध रहेको उक्त सडकखण्ड अहिले साढे ५ बजेतिर पहिरो हटाएर दुईतर्फी राजमार्ग खोलिएको थियो सोहि बेला मोटरसाईकल गुडिरहदाँ माथिबाट पुनः पहिरो खसेर मोटरसाईकलमा परेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख सनजित तामाङले जानका...

पहिरोका कारण अवरुद्ध नारायणगढ –मुग्लिन सडक दुइतर्फी सञ्चालन

पहिरोका कारण अवरुद्ध नारायणगढ –मुग्लिन सडक दुइतर्फी सञ्चालन
कुरिनटार :  पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । शनिबार विहान ११ : ३५ बजे चितवनको इच्छाकामना ६ तोपेखोलामा सुख्खा पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेका थिए । पहिरो पन्छाएर अहिले साँझ ५ : ४० बजेदेखि सडक दुइतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो ।  

चितवनका दिक्पाल भुषाल विश्व हिन्दू बाल क्लबको केन्द्रीय अध्यक्षमा मनोयन

चितवनका दिक्पाल भुषाल विश्व हिन्दू बाल क्लबको केन्द्रीय अध्यक्षमा मनोयन
चितवन :  चितवनका दिक्पाल भुषाल विश्व हिन्दू बाल क्लबको केन्द्रीय अध्यक्षमा मनोयन हुनुभएको छ ।चितवन भरतपुर स्थित लिटिल फ्लावर स्कूल कक्षा ९ मा अध्ययनरत वर्ष १४ का दिक्पाल भुषाललाई शनिबार विश्व हिन्दू बाल क्लबको केन्द्रीय अध्यक्षको जिम्मेवारी दिइएको हो । चितवनको भरतपुर महानगरपालिका १२ हाम्रो टोलका भुषालाई विश्व हिन्दु युवा संघका केन्द्रिय अध्यक्ष ऋषिजंग शाहले अध्यक्षमा मनोनयन गर्नुभएको हो ।

शहिद लखन ७ मा ग्यास लिक भएर आगलागी हुँदा वृद्धाको मृत्यु

शहिद लखन ७ मा ग्यास लिक भएर आगलागी हुँदा वृद्धाको मृत्यु
गोरखा : गोरखाको एक घरमा आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ। गएराती शहिदलखन गाउँपालिका वडा नम्बर ७ स्थित तिवारी टोलको एक घरमा आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार खनालका अनुसार ६९ वर्षकी केशरीमाया वस्तीको घटना राति ११ देखि १२ बजेको बीचमा भएको आशंका छ। प्रहरी उपरीक्षक खनालले दिएको जानकारी अनुसार ग्यास लिक भएर आगलागी भएर मृत्यु भएको जस्तो देखिन्छ र उनको शरीरको ३ प्रतिशतमात्रै बाँकी छ। त्यस्तै घरमा पनि पूर्ण रूपमा क्षति भ...

नारायणगढ– मुग्लिन सडक अवरुद्ध

नारायणगढ– मुग्लिन सडक अवरुद्ध
मुग्लिन : नारायणगढ –मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको इच्छाकामना ६ तोपेखोलामा  विहान ११ :  ३५ बजे सुख्खा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध भएको हो । अहिले सडक खुलाउनका लागि सडक विभागसंग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो ।

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु
  चितवन   :   ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (शनिबार) बिहान ४ः५५ बजेको समयमा रत्ननगर नगरपालिका वडा नम्बर ९ गणेश चोक नजिकै टाडीँबाट भरतपुरतर्फ जादैँ गरेको ना ४ ख २७४८ न.को ट्रकले ठक्कर दिँदा रत्ननगर नगरपालिका १० का ३७ बर्षिय उमेश दराइको मृत्य भएको हो । ट्रकको ठक्करबाट गम्भिर घाइते भएका दराईको भरतपुर अस्पतालमाउपचारको क्रममा बिहान ५ः४० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपर...

पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालन

पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालन
कुरिनटार :  पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ। बर्षासगैँ चितवनको इच्छाकामा ४ स्थित घोप्टेभिर र ठाडे खोलामा गएराती ११ बजे पहिरो खस्दा राजमार्ग दुइतर्फी अबरुद्व बनेका थिए । पहिरो हटाएर २ः३० बजे देखि यातायात दुइतर्फी सुचारु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । संघिय राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन र कुरिनटारको बिचमा पर्ने घोप्टेभिरमा बर्षासगैँ पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुदैँ आएको छ ।