
कुरिनटार : गोरखाका सफल ब्यवसायी राजेशबावु श्रेष्ठ अस्ट्रियाली सरकारबाट मान पदवीका लागि छनोट हुनुभएको छ । श्रेष्ठलाई ‘डेकोरेसन अफ अनर इन सिल्भर पदवी’ बाट अस्ट्रियाली सरकारले उहाँलाई सम्मान गर्ने भएको हो ।
नेपाल कै सफल ब्यवसायी मध्येका एक श्रेष्ठले बिगत २ दशक भन्दा धेरै समयदेखी केबुलकार समेत सञ्चालन गर्दै आएको छ । नेपालकै पहिलो केबुलकार मानिएको ‘मनकामना दर्शन प्रालिका निर्देशक समेत रहेका श्रेष्ठलाई अष्ट्रलियामा नै उक्त पदबाट सम्मानित गरिने भएको हो ।
समाजसेवी समेत रहेका श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतानिक वाणिज्यदूत पनि हुनुहुन्छ ।श्रेष्ठलाई उक्त पदका लागि जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले अस्ट्रिया सरकारले दिने पदक ग्रहण गर्न स्वीकृति दिएको थियो । श्रेष्ठका बुवा लक्ष्मण बाबु श्रेष्ठले सन् २००२ मा यही पदक गोल्डमा प्राप्त गर्नुभएको थियो ।