कुरिनटार : पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । शनिबार विहान ११ : ३५ बजे चितवनको इच्छाकामना ६ तोपेखोलामा सुख्खा पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेका थिए ।
पहिरो पन्छाएर अहिले साँझ ५ : ४० बजेदेखि सडक दुइतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो ।