Banner News

आज इच्छाकामना गाउँपालिकाको सेवा बन्द हुने

आज इच्छाकामना गाउँपालिकाको सेवा बन्द हुने
कुरिनटार, १० असार । इच्छाकामना गाउँपालिका सेवा प्रवाह आज बन्द हुने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिका र वडा कार्यालयका सम्पूर्ण सेवाहरु आज बन्द हुने जानकारी दिएको हो। सूचना अनुसार आज गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/ ०८० को वार्षिक निति, कार्यक्रम र बजेट प्रस्तुत गर्न लागिरहेकोले कार्यालयको सेवाहरु बन्द गर्न लागेको हो ।  

नारायणगढ– मुग्लिन सडक एकतर्फी

नारायणगढ– मुग्लिन सडक एकतर्फी
मुग्लिन : वर्षासगैँ पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक एकतर्फी भएको छ । बिहान साढे ६ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो खसेपछि गाडी एकतर्फी मात्र चलिरहेका छन् ।बर्षा रोकिएसगैँ अहिले पहिरो हटाउन सुरु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले बताउनुभयो । अन्य ठाउँमा पनि स-साना पहिरो खसेको उहाँले बताउनुभयो । पहिरो हटाउन सुरु भएको र केहीबेरमा दुई सञ्चालनमा आउने उहाँको भ...

गोरखा र कास्की केन्द्र भएर दुई पटक भूकम्पको धक्का

गोरखा र कास्की केन्द्र भएर दुई पटक भूकम्पको धक्का
  गोरखा :  गोरखा र कास्की केन्द्रबिन्दु भएर आज विहान दुई पटक भूकम्प गएको छ। विहान ७ बजेर २२ मिनेटमा गोर्खाको आरुघाट गाउँपालिकास्थित थुमी आसपास केन्द्र भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। यसैबिच गण्डकी प्रदेशको राजधानी पोखरालगायत आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस भएको हो। बिहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प...

आज देशभर वर्षाको सम्भावना

आज देशभर वर्षाको सम्भावना
काठमाडौं  :  मौसम पुर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। देशका अन्य भू–भागहरूमा भने आंशिकदेखि सामान्य बदलीको अवस्था छ। महाशाखाले दिउँसो प्रदेश १ का एक्दुई स्थानमा भारी वर्षा हुने अनुमान गरेको छ। मधेश, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आज केही नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरे...

चितवनसहित २७ जिल्लाका ५ देखि १२ वर्षसम्मका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप

चितवनसहित २७ जिल्लाका ५ देखि १२ वर्षसम्मका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप
काठमाडौँ, ९ असार । आदेखि चितवनसहित २७ जिल्लाका ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप दिइँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्यक्रम विद्यालयबाट नै सञ्चालन गरिने जनाएको छ। २७ जिल्लाका बालबालिकालाई १५ असारसम्म पहिलो डोज र साउन २ देखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने मन्त्रालयले जनाएको छ। बाँकी ५० जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो डोज खोप दिइने कार्यतालिका छ। यो उमेर समूहका बालबालिकाला...

राजश्व संकलनको जिम्मा टोल बिकास संस्थालाई दिनुपर्छ : उपप्रमुख अधिकारी

राजश्व संकलनको जिम्मा टोल बिकास संस्थालाई दिनुपर्छ : उपप्रमुख अधिकारी
  आशिष अधिकारी चितवन :  भरतपुर महानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीले भरतपुरलाई समृद्ध महानगर बनाउनको लागि राजश्व संकलनको जिम्मा टोल बिकास संस्थाहरुलाइ दिनुपर्ने बताउनु भएको छ । उप प्रमुख अधिकारीले महानगर भित्रका हरेक टोल टोलमा राजश्व संकलनको बारेमा अभियान नै चलाउनुपर्ने पनि बताउनु भयो । चितवन उद्योग संघले मगलबार भरतपुर महानगरपालिकाको सभा हलमा आयोजना गरेको प्रमुख तथा उप प्रमुखलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले हामीले महानगरको बिकास र सम...

इच्छाकामना गाँउपालिकाले विपन्नलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने

इच्छाकामना गाँउपालिकाले विपन्नलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने
मुग्लिन :  चितवनको इच्छाकामना गाउँपालिकाले विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गरिबीका कारण गाउँपालिकाका नागरिकहरु स्वास्थ्य बीमाबाट वञ्चित भएकाले कुनै पनि नागरिक स्वास्थ्य बीमाबाट नछुटोस् भन्ने उदेश्यले निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको हो । आर्थिक अभावका कारणले नै यहाँका नागरिक नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमबाट वञ्चित भएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । स्वास्थ्य बीमा नहुँदा यहाँका नागरिकले बिरामी हुँदा उपचारस...

गोरखा जिल्ला भलिबल संघको अध्यक्षमा गुरुङ निर्विरोध निर्वाचित

गोरखा जिल्ला भलिबल संघको  अध्यक्षमा  गुरुङ  निर्विरोध निर्वाचित
गोरखा : गोरखा जिल्ला भलिबल संघको अध्यक्षमा कृष्ण गुरुङ निर्वाचित हुनुभएको छ । आज गोरखामा सम्पन्न जिल्ला अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा कृष्ण दवाडी, महासचिवमा राजुबावु श्रेष्ठ र कोषाध्यक्षमा लक्ष्मण काप्रीलाई निर्विरोध निर्वाचित गरेको केन्द्रिय निर्वाचन समितिले जनाएको छ । यसै गरी कार्यसमिती सदस्यमा कृष्ण कुमार श्रेष्ठ, नर बहादुर गुरुङ, जुनी थापा, हरि बहादुर थापा, शर्मिला कुमाल, कोपिला अधिकारी, विकास भट्ट र सानुबावु आले रहे...

पूर्व सञ्चारकर्मी लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी, चुनाव चिन्ह घण्टी

पूर्व सञ्चारकर्मी लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी, चुनाव चिन्ह घण्टी
काठमाडौं :  रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनितिक यात्रा शुरु गरेका छन्। पूर्वसञ्चारकर्मी लामिछानेले मंगलबार औपचारिक राजनीतिको यात्रा र पार्टी घोषणा कार्यक्रममा आफ्नो पार्टीको नाम सार्वजनिक गरेका हुन्। क्षमतावान व्यक्तिका लागि आफ्नो पार्टीको ढोका सदैव ढोका खुला रहेको पनि उनले स्पष्ट पारेका छन्। आफ्नो नेतृत्वमा दल दर्ता गरे पनि यो पार्टी सबै जनताको हो। म सबैलाई खुला हृदयले स्वागत गर्न चाहन्छुु, उनले भने। राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह प्रस्ताव ...

फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य, पेट्रोलमा प्रतिलिटर २१ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँ

फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य, पेट्रोलमा प्रतिलिटर २१ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँ
काठमाडौँ  : पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ । डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि भएको छ । बढेको मूल्य गएराति १२ बजेदेखि लागू भएको नेपाल आयल निगमले जनाएको छ । यससँगै एक लिटर पेट्रोलको मूल्य १ सय ९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजल र मट्टीतेल किन्न १ सय ९२ रुपैयाँ तिर्नुपर्ने भएको छ । निगमले हवाई इन्धनमा पनि आन्तरिकतर्फ १९ रुपैयाँले बढाएर १ सय ८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्...