
कुरिनटार , ४ असार । नारायणगढ– मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ६ तोपेखोला स्थित नाम्सीपुलमा गुडिरहेको ३ वटा मोटरसाईकलमा पहिरो खसेको छ। पहिरो परि मोटरसाईकलमा आशिंक क्षति भएको छ भने १ जना घाईते भएको छ ।
सुख्खा पहिरो खसेको कारण बिहानै देखि अवरुद्ध रहेको उक्त सडकखण्ड अहिले साढे ५ बजेतिर पहिरो हटाएर दुईतर्फी राजमार्ग खोलिएको थियो सोहि बेला मोटरसाईकल गुडिरहदाँ माथिबाट पुनः पहिरो खसेर मोटरसाईकलमा परेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख सनजित तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार लु ८८ प २७४ नं. को स्कुटरमा सवार १ जना महिला महिला घाईते भएको छ।
घाईतेलाई उद्दार गरि थप उपचारको लागि भरतपुर पठाईएको पनि प्रहरीले जानकारी दिएको छ ।
यसैबिच सडक दुइतर्फी सुचारु भएपनि सवारी चालकको लापबाहीका कारण अस्तव्यस्त बनेको छ । ओभरट्याक नगरि आफ्नो लेनमा सवारी चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।