Banner News

मुख्यमन्त्री पाण्डेद्वारा किशोरी छात्रावास उद्घाटन

मुख्यमन्त्री पाण्डेद्वारा  किशोरी छात्रावास उद्घाटन
गजुरी ,२५ असार । धादिङको जिल्लामै पहिलो चेपाङ किशोरी छात्रावास समुद्घाटन तथा हस्तान्तरण गरिएको छ । गजुरी गाउँपालिका वडा नम्बर १ हाङ्गेटार, धादिङमा निर्माण गरिएको उक्त किशोरी छात्रावासको वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले समुद्घाटन गर्नुभएको हो । किशोरी छात्रावासको समुद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले २० थान प्रदेश सरकारबाट तत्काल कम्प्युटर उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो । गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले गाउँपालिकाबाट आवासिय छात्रावास...

तनहुँको आँबुखैरेनीमा पनि भेटियो नाइरोबी (फ्लाई) किराको एसिडका संक्रमित।

तनहुँको आँबुखैरेनीमा पनि भेटियो नाइरोबी (फ्लाई) किराको एसिडका  संक्रमित।
कुरिनटार-तनहुँको आँबुखैरेनीमा नाईरोबी फ्लाई किराको एसिडको कारण एक जना संक्रमिती  भएको पुष्टि भएको छ।                                                                                    आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ का  १० बर्षिया बालकमा नाइरोबी (फ्लाई) किराको एसिडका कारण संक्रमण देखिएको हो । बिहीबार मनकामना हेल्थ क्लिनिकमा उपचारको लागि आएका बालकको घाटीको छालामा डडुवा घाउ तथा जनै घटिरा जस्तो देखिएपछि परिक्षणका क्रममा उक्त बालकमा नाइरोबी (फ्लाई) किराको एसिडका कारण संक्रमण पु...

इच्छाकामना गाउँपालिकाले आस्थाको आधारमा कर्मचारी निश्कासन गरेको कांग्रेसको आरोप

इच्छाकामना गाउँपालिकाले आस्थाको आधारमा कर्मचारी निश्कासन गरेको कांग्रेसको आरोप
कुरिनटार : नेपाली कांग्रेस इच्छाकामनाले १० जना करारका कर्मचारीहरुको नियुक्ति नवीकरणको माग गर्दै गाउँपालिकामा ज्ञापन पत्र बुझाएका छन् । राजनितिक आस्थाको आधारमा १० जना करारका कर्मचारीको नियुक्ति नविकरण नगर्ने गाउँसभाले निर्णय गरको आरोप लागाउँदै असन्तुष्ट नेपाली कांग्रेस इच्छाकामनाले आज ज्ञापनपत्र बुझाएका हुन् । नेपाली कांग्रेस इच्छाकामनाका सभापति कृतिकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले आज गाउँपालिका प्रवक्ता नर बहादुर नेपाललाई ज्ञापन पत्र बुझाउनुभएको हो । सभापति श्रेष्ठले ...

इच्छाकामना गाउँपालिकाले १० जना कर्मचारीलाई एकैपटक विदाई गर्ने

इच्छाकामना  गाउँपालिकाले १० जना कर्मचारीलाई एकैपटक विदाई गर्ने
कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिकाले १० जना कर्मचारीको नियुक्ती नविकरण नगर्ने भएको छ ।आज बसेको गाउँसभा बैठकले करारमा नियुक्त भएका १० जना कर्मचारीहरुको नियुक्ती नविकरण नगर्ने निर्णय गरिएको हो । गाउँपालिका प्रवक्ता नर बहादुर नेपालका अनुसार गाउँपालिकामा निश्चित समयका लागि सञ्चालन गरिएका कार्यक्रमका लागि नियुक्त भएका, कार्यसम्पादनमा प्रभावकारी नभएका करारका कर्मचारीहरुको नियुक्ती नविकरण नगर्ने भएको हो । ‘जुन कार्यक्रमका लागि नियुक्त गरिएको हो सो कार्यक्रम नै फेज आउट भइसक्य...

भरतपुर अस्पतालमा वेवारिसे नवजात शिशु फेला

भरतपुर अस्पतालमा वेवारिसे नवजात शिशु फेला
चितवन : भरतपुर अस्पतालमा वेवारिसे नवजात शिशु फेला परेको छ । अस्पतालको सि ब्लकको भर्‍याङमुनि अन्दाजी एक दुई दिनको शिशु (छोरी. वेवारिसे अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३० बजेको समयमा उक्त शिशु फेला परेको हो । शिशुको अवस्था सामान्य रहेको र अस्पतालको एनआईसियुमा राखेर उपचार भईरहेको प्रहरीले जनाएको छ । शिशुलाई कसले छोडेको भन्ने बारे खुल्न नसकेको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरहरि अध...

इच्छाकामनाको बजेट संसोधनसहित पारित

इच्छाकामनाको बजेट संसोधनसहित पारित
कुरिनटार  :  चितवनको इच्छाकामना गाउँपालिकाको आर्थिक बर्ष २०७९/८० को बजेट संसोधनसहित पारित भएको छ । गत असार १० गतेको ११ औँ गाउँसभामा गाउँपालिका प्रवक्ता नर बहादुर नेपालले प्रश्तुत गर्नुभएको बजेट आज बसेको गाउँसभाको दोश्रो बैठकले पारित गरेको होे । केही संसोधनसहित पारित गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार केही योजनाको बजेटमा संसोधनसहित उक्त बजेट पारित गरिएको हो । इच्छाकामना गाउँपालिकाको आर्थिक बर्ष २०७९/८० को बजेट ६७ करोड ४४ लाख ३५ हजार ...

आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ ।आज दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ । वर्षासँगै पहाडी भू–भागमा भू–क्षय, गेग्रान र खहरे खोलाको बहाव बढ्ने जोखिम रहेको छ । नदी, नाला ...

चितवनको कालिकामा चट्याङ लागेर १४ रोपाहार घाइते

चितवनको कालिकामा   चट्याङ लागेर १४ रोपाहार घाइते
चितवन : कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये पाँच जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अन्य नौ जना गए राति नै उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । घाइते पाँच जनाको अवस्था खतरा...

बाजुराको बुढीगंगामा मतदान सुरु

बाजुराको बुढीगंगामा मतदान सुरु
बाजुरा  :   जिल्लाको बुढीगंगा नगरपालिकामा मतदान सुरु भएको छ । बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको थियो । मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको हो । सोही अनुसार बुढीगंगा नगरपालिकामा १० वटा बुथका १९ वटा मतदान केन्द्रबाट मतदान भइरहेको छ । मतदानका लागि नगरको सुरक्षा कडा पारिएको छ । बुढीगंगामा सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ स...

यात्रुबाहक बस दुर्घटनाग्रस्त, २० जना घाईते

यात्रुबाहक बस दुर्घटनाग्रस्त, २० जना घाईते
गोरखा, २२ असार । सिरानचोक गाउँपालिका ४—राम्चेमा यात्रुबाहक बस दुर्घटना भएको छ । बुधवार दिउँसो नारायणगढबाट अजिरकोट गाउँपालिकाको भच्चेक जाँदै गरेको ना ५ ख ५३०५ नम्बरको यात्रुबाहक बस राम्चेमा दुर्घटना भएको हो । दुर्घटनामा परी २० जना घाईते भएका छन् । घाइते मध्ये पाँच जनाको चितवन र १५ जनाको गोरखा नगरपालिका १० छेपेटार स्थित पृथ्वीनारायण सामुदायिक अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिनुभयो । दुर्घटनाको कारण भने खुल्न नसकेको उहाँले बता...