गजुरी ,२५ असार । धादिङको जिल्लामै पहिलो चेपाङ किशोरी छात्रावास समुद्घाटन तथा हस्तान्तरण गरिएको छ । गजुरी गाउँपालिका वडा नम्बर १ हाङ्गेटार, धादिङमा निर्माण गरिएको उक्त किशोरी छात्रावासको वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले समुद्घाटन गर्नुभएको हो ।
किशोरी छात्रावासको समुद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले २० थान प्रदेश सरकारबाट तत्काल कम्प्युटर उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो । गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले गाउँपालिकाबाट आवासिय छात्रावासमा खाना , वास , लत्ताकपडा र स्कुल पोशाक सहितको आवास लागि रु १० लाख रकम विनियोजन गरिएको जानकारी दिनुभयो । उहाँले पालिकास्तरिय सामाजिक सार्वजनिक सुनुवाइ पारदर्शिता रहेकोमा खुशि व्यक्त गर्नुभयो।
हाल होस्टलमा गजुरी र वेनिघाट रोराङका ३१ जना चेपाङ किशोरीहरु नियमित अध्ययनरत रहेको कार्यक्रम सञ्चालिका सविना चेपाङले बताउनुभयो। हाल यस होस्टलको क्षमता ४० जना रहेको छात्रावास समन्वय भुमिका सहयोगी प्रयास नेपालका कार्यकारि निर्देशक दामोदर प्रसाद अर्यालले बताउनुभयो । रु १ करोड २९ लाख लागतमा भवन निर्माण सम्पन्न गरिएको उहाँले बताउनुभयो । यस भवनको लागात जग्गा सहित रु २ करोड ३३ लाख रहेको उहाँले जानकारी दिनुभयो।
रेष्टन कडेँलको अध्यक्षता तथा वागमती प्रदेशका मुख्य मन्त्री माननीय राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
भवन निर्माण सहयोग गर्ने संघ संस्था,व्यक्ति र पत्रकारलाई सम्मान गरिएको थियो ।