Banner News

आज आयोगले सरकार समक्ष निर्वाचनको मिति प्रस्ताव गर्ने

आज आयोगले सरकार समक्ष निर्वाचनको मिति प्रस्ताव गर्ने
काठमाडौं  : आज निर्वाचन आयोगले सरकारसमक्ष प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति प्रस्ताव गर्ने भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति प्रस्ताव गर्न लागेका हुन्। आयोगका पदाधिकारीले हिजै भेट्न समय मागे पनि प्रधानमन्त्रीको कार्यव्यस्तताले कारण आज भेट्न लागिएको प्रमुख आयुक्त थपलियाले जानकारी दिए। आयोगले आगामी मंसिर २ वा ५ गते एकै चरणमा गर्ने गरी चुनावको मिति प्रस्ताव गर्न लागेको हो। आयोगसँगको प...

देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ  :  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्य बदली रहेको छ। प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । बुधबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बिहीबार देशका पहाडी भू–भागका केहि स्थानहरूमा हल्कादेखि मध...

गण्डकी गाउँपालिका गोरखा जिल्लाकै पहिलो पूर्ण खोपयुक्त घोषित

गण्डकी गाउँपालिका गोरखा जिल्लाकै पहिलो पूर्ण खोपयुक्त घोषित
भूम्लिचोक :  गोरखा जिल्लाको गण्डकी गाउँपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको छ । आज एक समारोहकाबिच पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो । जन्मेदेखि २३ महिनासम्मका सबै बालबालिका खोपको पहुँचमा आएपछि पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बेली श्रेष्ठले बताउनुभयो। । आवश्यक मापदण्ड पूरा भएकोले पूर्णखोपयुक्त गाउँपालिका घोषणा गाउँपालिका अध्यक्ष दीपक तिमल्सिना साकारले बताउनुभयो । गण्डकी गाउँपालिका गोररखा जिल्लाकै पहिलो पूर्ण खोपयुक्त स्थानीय तह बन्न सफ...

आँबुखैरेनीमा १३ जुवाडे पक्राउ

आँबुखैरेनीमा १३ जुवाडे पक्राउ
तनहुँ :  तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित एक होटलबाट कौडा खेल्दै गरेको अवस्थामा १३ जुवाडे पक्राउ परेका छन् । कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले सोमबार राति १३ जनालाई पक्राउ गरेको हो । प्रहरीले निजहरुको साथबाट एक लाख ८० हजार नगद र कौडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए।  

बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो
रामेछाप :  सुनापाती गाउँपालिकामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। घटनास्थलमा ९ जना र उपचारका लागि लैजाँदै गर्दा बाटैमा २ जना र एकजनाको काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको रामेछापका प्रहरी प्रमुख डिएसपी राजकुमार थिङले जानकारी दिए। आज बिहान बा ३ ख ८३९६ नम्बरको बस सुनापती–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा दुर्घटना भएको हो। मृत्यु भएकामध्ये ८ जनाको सनाखत भएको छ। दुर्घटनामा परी सुनापाती गाउँपालिका–५ की ६० वर्षीया तमरिता तामाङ, सोही ठाउँकी २२ वर्षकी वि...

पेट्रोल र डिजेलको मूल्यवृद्धि

पेट्रोल र डिजेलको मूल्यवृद्धि
काठमाडौं  :  पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले सोमबार साँझ एक विज्ञप्ति प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।सोमबार राति १२ बजेदेखि पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १९० पुगेको छ ।

वाइन टु वाटरद्वारा इच्छाकामना ४ का २४७ परिवारलाई फिल्टर वितरण

वाइन टु वाटरद्वारा इच्छाकामना ४ का २४७  परिवारलाई  फिल्टर वितरण
कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ का २४७ परिवारलाई पानी छान्ने फिल्टर वितरण गरिएको छ । वाइन टु वाटर संस्थाले वडा नम्बर ४ को समन्वयमा फिल्टर वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्रमुख आतिथ्यतामा फिल्टर वितरण गरिएको हो। वडाध्यक्ष रुद्र उप्रेतीको अध्यक्षता सम्पन्न कार्यक्रममा पुर्व कार्यवाहक वडाध्यक्ष मुक्तिनाथ सिलवाल, पुर्व गाउँपालिका प्रवक्ता सावित्री गुरुङ लगायतको आतिथ्य रहनुभएको थियो । अमेरिकी प्रविधीको यो फिल्टर ले एक मिनेटमा ...

इच्छाकामनामा राजश्व संकलनमा बृद्धि

इच्छाकामनामा राजश्व संकलनमा बृद्धि
कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिकाले यस आर्थिक बर्षमा लक्ष्य भन्दा बढी राजश्व संकलन भएको छ । इच्छाकामना राजश्व परामर्श समितिले आर्थिक बर्ष २०७८/७९मा ३ करोड ९० लाख राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा हाल सम्म ५ करोड रावश्व संकलन गरेको हो । राजश्व शाखाका प्रमुख रीता अर्याल नेपालले गत आर्थिक बर्ष भन्दा यस आर्थिक बर्षमा राजश्व बढी संकलन भएको बताउनुभयो । उहाँका अनुसार गत आर्थिक बर्ष २०७७/७८ मा ३ करोड ९० लाख मात्र संकलन भएक थियो । उहाँका अनुसार राजश्व परामर्श समितिले २ करोड ...

इच्छाकामना ४ का १३ घरधुरी परिवारलाई जग्गाधनी पुर्जा वितरण

इच्छाकामना ४ का १३ घरधुरी परिवारलाई जग्गाधनी पुर्जा वितरण
कुरिनटार : चितवनको इच्छाकामनाका १३ घरधुरी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । इच्छाकामना गाउँपालिका ४ (साविकको दारेचोक गाविस ३ ) ब्लक अन्तरगत १३ घर परिवारलाई जग्गा धनी पुर्जा वितरण गरिएको हो । हाल इच्छाकामना वडा नम्बर ४ लामीडाँडाका १३ परिवारलाई जग्गाधनी पुर्जा गरिएको वडाध्यक्ष रुद्र उप्रेतीले बताउनुुभयो । उहाँका अनुसार इन्द्र बहादुर थापा मगर, धनमाया लुंगेली मगर, मान बहादुर लुंगेली मगर,दिल बहादुर मगर, दल बहादुर थापा, रण बहादुर मगर, डम्बर बहादुर मगर,वुद्धसिंहथापा, ज्ञान...

इच्छाकामना गाउँपालिकामा पनि बन्ने भो स्तनपान कक्ष ।

इच्छाकामना गाउँपालिकामा पनि बन्ने भो स्तनपान कक्ष ।
कुरिनटार- इच्छाकामना गाउँपालिकाको प्रसाशकिय भवनमा मातृ शिशु स्तनपान कक्ष निर्माण हुनेभएको छ। आर्थिक बर्ष  २०७९/८० को नीति तथा कार्यक्रममा स्तनपान कक्ष निर्माण गरिने बताइएको छ।                                                                                        स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रजनन स्वास्थ्य ऐनको प्रावधानलाई कार्यान्वयन गर्न ७५३ वटै पालिकासहित प्रदेश कार्यालयमा स्तनपान कक्ष स्थापना गर्न अनुरोध-परिपत्र गरेको थियो । मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभा...