कुरिनटार  :  चितवनको इच्छाकामना गाउँपालिकाको आर्थिक बर्ष २०७९/८० को बजेट संसोधनसहित पारित भएको छ । गत असार १० गतेको ११ औँ गाउँसभामा गाउँपालिका प्रवक्ता नर बहादुर नेपालले प्रश्तुत गर्नुभएको बजेट आज बसेको गाउँसभाको दोश्रो बैठकले पारित गरेको होे ।
केही संसोधनसहित पारित गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार केही योजनाको बजेटमा संसोधनसहित उक्त बजेट पारित गरिएको हो ।
इच्छाकामना गाउँपालिकाको आर्थिक बर्ष २०७९/८० को बजेट ६७ करोड ४४ लाख ३५ हजार रहेको छ ।
गाउँपालिका उपाध्यक्ष माया सिलवालले प्रश्तुत गर्नुभएको निति तथा कार्यक्रम भने पहिलो बैठकमै पारित भएका थिए ।