Banner News

केराबारीमा पहिरो : नारायणगढ –मुग्लिन सडक अवरुद्ध

केराबारीमा पहिरो :  नारायणगढ –मुग्लिन सडक अवरुद्ध
मुग्लिन :  पहिरोका कारण नारायणगढ – मुग्लिन सडक अवरुद्ध बनेको छ।  गएराती २ :  ३५ बजे भरतपुर २९ स्थित केराबारीमा बर्षातसगैँ पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको हो । अहिले पहिरो पञ्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो हटाउन अझै  दुई घण्टा लाग्न सक्ने  प्रहरीले जनाएको छ ।

भोली एक दिन इच्छाकामनाका सबै सामुदायिक विद्यालय बन्द हुने

भोली एक दिन इच्छाकामनाका सबै सामुदायिक विद्यालय बन्द हुने
कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरु भोली एक दिन बन्द हुने भएको छ । राष्ट्रिय आधारभुत विद्यालय उपरदाङगढीका प्रध्यानाध्यापक ऋषिराम ढकालको निधन प्रति गाउँपालिकाले शोक मनाउदै गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरु भोली एक दिनको लागी बन्द गर्ने भएको हो। गाउँपालिकाले प्रअ ढकालको निधनमा आज एक शोक व्यक्तव्य जारी गर्दै विद्यालय वन्द हुने जनाएको छ ।

लोकदोहोरी गायक सुमन आलेमगरको निधन

लोकदोहोरी गायक सुमन आलेमगरको निधन
चितवन ,१४ भदौ । चितवनका लोकदोहोरी गायक एवं सर्जक सुमन आलेमगरको अल्पायुमै निधन भएको छ। लामो समयदेखि मुटु र मृगौला रोग सम्बन्धि समस्यासँग जुधिरहेका मगरको सोमबार राति १ः१० भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो। वि.सं २०४३ साल भदौ १९ गते चितवनको इच्छाकामना गाउँपालिका वडा नं। ७ दाहाखानीमा जन्मिएका गायक मगरले गीतसंगीतसँगै मूल पेसाको रूपमा सामुदायिक विद्यालयमा अध्यापन गराउँदै आएका थिए। मगर दाहाखानीमा जन्मिए पनि ठिमुरामै अस्थायी बसोबास गर्दै आएका थिए। गाय...

आज हरितालिका तीज, महादेवको पूजा गरी मनाइँदै

आज हरितालिका तीज, महादेवको पूजा गरी मनाइँदै
काठमाडौं  :  आज भाद्र शुक्ल तृतीया अर्थात् सनातन धर्मावलम्बी महिला उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाउँदैछन्। बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ। हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक सन्दर्भ छ। त्यसैले यसरी व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वास गरिन्छ। विवाहिताले पति र छोराछोरीको सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताले असल पतिको कामनामा व्रत बस्ने परम्परा छ...

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सुचारु

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सुचारु
चितवन, १३ भदौ । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड बिहान साढे ३ बजेदेखि दुई तर्फी रुपमा सञ्चालनमा आएको छ । सडकको भरतपुर महानगरपालिका–२९ सत्र किलो र र केराबारीमा खसेको पहिरो पन्छाएर सडक दुई तर्फी रुपमा सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आइतबार राति करिब ९ बजे केराबारीमा लेदोसहितको पहिरो खसेको थियो । पछिल्लो पटक केराबारीमा पहिराले धेरै दुःख दिन थालेको छ । प्रहरीले सडक डिभिजनसँग समन्वय गरी सडक खुलाएको हो ।

युवाशक्तिलाई स्वदेशमै रोक्नुपर्छ : गण्डकी प्रदेश प्रमुख गुरुङ

युवाशक्तिलाई स्वदेशमै रोक्नुपर्छ : गण्डकी प्रदेश प्रमुख गुरुङ
भरतपुर,१२ भदौ । । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरूङले आदिवासी जनजाति समुदायमा पनि राजनैतिक चेतको विकास भइसकेको दाबी गरेका छन्। तर, आफ्नो जाति र जातिको हकअधिकारका विषयमा बोल्ने आदिवासी जनजाति नेताहरू भने कमै रहेको हुँदा ती नेताहरूलाई जनस्तरबाटै खबरदारी गर्नुपर्ने बताए। आइतबार महाबौद्ध गुम्बा तीनखोलेस्थित तमू संग्रहालय भवनको उद्घाटन गर्दै प्रदेश प्रमुख गुरूङले भने, ‘हाम्रै समुदायका नेताहरूले सोच्ने हो भने हामीले अब दुःख पाउनु पर्दैन।’ तर, अहिले युवाहरू हुर्किएपछि विदेश ...

गोरखाको गण्डकी ६ मा रहेको भैरवी मन्दिरको काम निर्माण ९० प्रतिशत सम्पन्न

गोरखाको गण्डकी ६ मा रहेको भैरवी मन्दिरको  काम निर्माण ९० प्रतिशत सम्पन्न
गोरखा, १२ भदौ । गण्डकी गाउँपालिका ६ स्थित भैरवीटारमा निर्माण भइरहेको भैरवी मन्दिरको काम अन्तिम चरणमा पुगेको छ । हाल सम्म ९० प्रतिशत सम्पन्न भएको हो । २०७८ जेठ २३ गते सम्झौता गरि निर्माण गर्न जिम्मा पाएको शासा कन्स्ट्रक्सन प्रा.लि.ले ८८ लाख ३८ हजार ४ सय ८३.७३ पैसामा खोलिएको टेन्डरमा रु. ७४ लाख ६० हजार ८ सय ८३ रुपैया ४५ पैसामा उक्त कम्पनीले ठेक्का पाएको हो । झ्याल, ढोका, टाइल लगाउने काम र रङ्ग रोगन आदिको काम बाँकी रहेको सव इन्जिनियर शेखरबाबु श्रेष्ठले बताउनुभयो पहिलो पटक असोज ...

स्थानिय युवाहरुद्धारा बाह्रसिंगे बियर फ्याक्ट्री कुरिनटारका म्यानेजर माथि आक्रमण, तीन जना पक्राउ

स्थानिय युवाहरुद्धारा  बाह्रसिंगे बियर फ्याक्ट्री कुरिनटारका म्यानेजर माथि आक्रमण, तीन जना पक्राउ
करिनटार : चितवनको इच्छाकामना ४ कुरिनटारमा रहेको (याक ब्रुइङ) द्धारा सञ्चालित बाह्रसिंगे बियर फ्याक्ट्रीका म्यानेजर माथि स्थानिय युवाहरुले आक्रमण गरेका छन् । शुक्रबार साँझ युवाहरुको एक समुहले कुटपिट गरेका हुन् । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख (प्रहरी निरिक्षक) सुनजित तामाङका अनुसार शुक्रबार दिउँसो बियर फ्याक्ट्री हाताभित्र सञ्चालित याक बियर गार्टेन रेष्टुरेन्टमा युवाहरुबिच एक आपसमा झगडा (भनाभन) भएका थिए । झगडा गरेका युवाहरुलाई होहल्ला गरेको भन्दै म्यानेजर माधव पौडेलले...

रवि लामिछानेले भने– बालेन डोजर लिएर आइसके ‘‘बा’हरुलाई विदा गर्नुपर्छ

रवि लामिछानेले भने– बालेन डोजर लिएर आइसके ‘‘बा’हरुलाई विदा गर्नुपर्छ
  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पछाडि ‘बा’ भएका नेताहरुलार्य विदा गर्नुपर्ने बताएका छन् । शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई अब विदा गर्नुपर्ने बताएका हुन् । शनिबार काठमाडौंमा आयोजित सभामा उनले पछाडि ‘बा’ भएका तीनै जनालाई ससम्मान विदा गर्नुपर्ने बताए । उनले भने पछाडि ‘बा’ भएकाहरु केपी बा, देउवा र नानीका बा हरुलाई अब ससम्मान विदा गर्नुपर्छ किनकी अगाडि ‘बा’ भएकाहरु (बालेन साह) डोजर लिएर निस्किसके ।’  ...

देशभरका चार प्रदेशका अधिकांश भेगमा मध्यम वर्षाकाे सम्भावना

देशभरका चार प्रदेशका अधिकांश भेगमा मध्यम वर्षाकाे सम्भावना
काठमाडौ :  प्रदेश १, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा वर्षा हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखका अनुसार प्रदेश १, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरुमा मेघ गर्जन तथा चट्याङ् सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशभरका केही पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदलीदेखि सामान्यता सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिवार राती प्रदेश १ र लुम्बिन...