मुग्लिन :  पहिरोका कारण नारायणगढ – मुग्लिन सडक अवरुद्ध बनेको छ।  गएराती २ :  ३५ बजे भरतपुर २९ स्थित केराबारीमा बर्षातसगैँ पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको हो । अहिले पहिरो पञ्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो हटाउन अझै  दुई घण्टा लाग्न सक्ने  प्रहरीले जनाएको छ ।