भरतपुरको विद्युत वितरण भूमिगत गर्ने कार्य शुरु, प्रचण्डद्धारा शिलान्यास
चितवन, १८ भदौ । भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको विद्युत वितरण प्रणाली भूमिगत गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले शनिबार चितवनको भरतपुरमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिलान्यास गर्नुभएको हो ।
शिलान्यास गर्दै अध्यक्ष प्रचण्डले विद्युत प्रणालीको गुणस्तर वृद्धि गर्नुको साथै प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउनु मात्र नभएर सहरको सौन्दर्यकरणको लागि उक...









