चितवन, १३ भदौ । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड बिहान साढे ३ बजेदेखि दुई तर्फी रुपमा सञ्चालनमा आएको छ । सडकको भरतपुर महानगरपालिका–२९ सत्र किलो र र केराबारीमा खसेको पहिरो पन्छाएर सडक दुई तर्फी रुपमा सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
आइतबार राति करिब ९ बजे केराबारीमा लेदोसहितको पहिरो खसेको थियो । पछिल्लो पटक केराबारीमा पहिराले धेरै दुःख दिन थालेको छ । प्रहरीले सडक डिभिजनसँग समन्वय गरी सडक खुलाएको हो ।
इच्छाखबर संवाददाता












