Banner News

गोरखाको गण्डकी गाउँपालिकाले न्वागीमा चेपाङ जातीलाई सार्वजनिक विदा दिइने

गोरखाको गण्डकी गाउँपालिकाले न्वागीमा चेपाङ जातीलाई सार्वजनिक विदा दिइने
भुम्लिचोक : गोरखाको गण्डकी गाउँपालिकाले चेपाङ समुदयाको पर्व न्वागी(छोनाम) पर्वको अवसरमा सार्वजनिक विदा दिइने भएको छ । भदौ १८ गते बसेको गाउँपालिकाको गाउँ कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार चेपाङ जातीकाहरुका लागि मात्र विदा दिइने भएको हो । गाउँपालिकाको निर्णय अनुसार सरकारी कार्यालय तथा विद्यालयहरुमा विदा दिइने भएको हो । चेपाङ समुदायले हरेक वर्ष भदौ २२ गते राष्ट्रिय पर्व न्वागी ९छोनाम० मनाउने गर्दछन् ।

न्वागीका अवसरमा चितवन, धादिङ र मकवानपुरमा सार्वजनिक बिदा

न्वागीका अवसरमा चितवन, धादिङ र मकवानपुरमा सार्वजनिक बिदा
चितवन : बागमती प्रदेश सरकारले चेपाङ समुदायको पर्व न्वागीका अवसरमा बुधबार तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । चेपाङ समुदाय बाहुल्य जिल्लामा सार्वजनिक बिदा दिइएको हो । चेपाङ समुदायले हरेक वर्ष भदौ २२ गते राष्ट्रिय पर्व न्वागी (छोनाम) मनाउने गर्दछन् ।

मनकामना केबलकार भदौ २५ गतेदेखी सञ्चालनमा आउने

मनकामना केबलकार भदौ २५ गतेदेखी सञ्चालनमा आउने
गोरखा ,२० भदौ । मनकामना केबलकार यही शनिबारदेखी सञ्चालनमा आउने भएको छ । मर्मतको काम सातादिन अगाडी नै सम्पन्न भएको भन्दै भाद्र २५ गते शनिबारदेखी केबलकार सञ्चालनमा ल्याउन लागिएको सञ्चालक मध्ये एक राजेशबावु श्रेष्ठले जानकारी दिनुभयो । एनालग प्रविधिमा सञ्चालनमा रहेको मनकामना केबलकार डिजिटल प्रणालीमा लान ६ साता बन्द गरेर मर्मत गरिएको थियो । नियमित कार्यतालिका अनुसार असोज १ वा २ गते सञ्चालनमा आउने भएता पनि काम चाडैँ नै सकिएकोले त्यस अगावै सञ्चालनमा ल्याउन लागिएको नायब महाप्रबन्धक उ...

कालिका ८ गैरिबारीचोकबाट प्रहरीको नक्कली परिचय पत्र देखाएर लुटपाट गर्ने दुई व्यक्ति पक्राउ

कालिका ८ गैरिबारीचोकबाट प्रहरीको नक्कली परिचय पत्र देखाएर लुटपाट गर्ने दुई व्यक्ति पक्राउ
चितवन, २० भदौ । चितवनमा प्रहरीको नक्कली परिचय पत्र देखाएर आइसक्रिम तथा कुल्फी बिक्री गर्ने भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेको छ । कालिका नगरपालिका–८ जुटपानी–शक्तिखोर सडकखण्डको गैरिबारीचोकबाट ना ३५ प ६५२० नम्वरको स्कुटरसहित विशाल पौडेल र विजय महतलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार भदौ १८ गते बिहान करिब साढे ११ बजेको समयमा कालिका–८ गैरीवारीमा आईसक्रिम तथा कुल्फि बेच्दै हिँडेका भारतीय नागरिक ४७ वर्षीय वि...

माओवादी केन्द्र इच्छाकामनाबाट प्रदेश सांसदका लागि समानुपातिकमा दुई जनाको दाबी

माओवादी केन्द्र इच्छाकामनाबाट प्रदेश सांसदका लागि समानुपातिकमा दुई जनाको दाबी
कुरिनटार, १९ भदौ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि चितवन क्षेत्र नम्बर २‘क’ बाट प्रदेश सांसदका लागि नेकपा माओवादी केन्द्र इच्छाकामनाबाट समानुपातिकमा दुई जनाले दाबी गरेका छन् । नेकपा माओवादी केन्द्रका जिल्ला सदस्यद्वोय सरिता गुरुङ र अप्सरा पौडेलले दाबी गरेका हुन् ।

चितवन २ बाट कांग्रेसका जीतनारायण श्रेष्ठको नाम पहिलो नम्बरमै सिफारीस

चितवन २ बाट कांग्रेसका जीतनारायण श्रेष्ठको नाम पहिलो नम्बरमै सिफारीस
चितवन :  मंसिर ४ गते हुने संघिय निर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ नेपाली कांग्रेस चितवनका निवर्तमान सभापती जीतनारायण श्रेष्ठको नाम पहिलो नम्बरमै सिफारीस भएको छ । नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय समितिले आइतबार श्रेष्ठको नाम पहिलो नम्बरमै सिफरिस गरेको हो । युवा नेता एवं प्रखर वक्ता श्रेष्ठ सहित क्षेत्रीय समितिले अन्य ४ नेताको नाम पनि सिफारिस गरेको छ । जसमा वर्तमान सभापति राजेश्वर खनालको नाम दोस्रो नम्बरमा छ भने राज्यमन्त्री उमेश श्रेष्ठको नाम तेस्रो न...

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनले दिए सांसद पदबाट राजीनामा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनले दिए सांसद पदबाट राजीनामा
काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदको पदबाट राजीनामा दिएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राजीनामा घोषणा गरेका हुन्। उनले संसदको आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले आफूलाई लज्जित बनाएको बताए।

रन्जन कोइरालको फैसलाबारे चोलेन्द्रको बयान : क्षमा चाहन्छु, मलाई प्रायश्चित छ

रन्जन कोइरालको फैसलाबारे चोलेन्द्रको बयान : क्षमा चाहन्छु, मलाई प्रायश्चित छ
काठमाडौं :  सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाविरुद्धको फैसलामा आफूले गल्ती गरेको निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले स्वीकारेका छन् । महाभियोग सिफारिस समितिको बयानका क्रममा उनले नाबालकहरूको पालनपोषणका लागि स्वविवेक प्रयोग गरेको बताएका हुन्। उनले भने, ‘उहाँलाई जन्मकैद भएको हो। न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार छ तर त्यसमा मेरो गल्ती भएको म स्वीकार गर्छु। जनतासमक्ष क्षमा चाहन्छु, मलाई प्रायश्चित्त भएको छ।’ कोइरालाविरुछको फैसलालाई आधार मानेर...

तमोनडाडाँमा मुख्य सेवा केन्द्र स्थापना गर्ने गण्डकी गाउँकार्यपालिकाको निर्णय

तमोनडाडाँमा मुख्य सेवा केन्द्र स्थापना गर्ने गण्डकी गाउँकार्यपालिकाको निर्णय
भुम्लिचोक :  गोरखाको गण्डकी गाउँपालिकाले मुख्य सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । पालिकाको शनिबार बसेको गाउँकार्यपालिका बैठकले पालिका केन्द्रबाट प्रवाह हुने सम्पुर्ण सेवा पालिकाको वडा नम्बर ६ स्थित तोमनडाँडाबाट प्रवाह गर्ने निर्णय भएको पालिका अध्यक्ष दिपक तिमिल्सिना (साकार) ले जानकारी दिए । पालिका केन्द्र अपाहेक ठाउँमा रहदा पालिकावासीले दुख झेल्दै आएको समेत उनले बताए । कार्यपालिकाको सेवा केन्द्र सार्ने निर्णयसंगै अब सम्पुर्ण सेवा प्रवाह पालिकाको वडा नम्बर ६ स्थित ...

इच्छाकामनामै पहिलो पटक लोक सेवा र शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन गरिने

इच्छाकामनामै पहिलो पटक लोक सेवा र शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन गरिने
कुरिनटार, १८ भदौ । चितवनको इच्छाकामनामै पहिलो पटक लोक सेवा आयोग र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरिने भएको छ । भाद्र १९ गतेदेखि कक्षा सञ्चालन गरिने भएको हो । आज वाटसन इन्स्टिच्युटको इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले एक कार्यक्रमकाबिच औपचारिक उद्घाटन गर्नुभयो । अध्यक्ष गुरुङले उक्त संस्थाको सफलताको शुभकामना दिदैैं गाउँपालिकाले उक्त संस्थालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । इन्स्टिच्युटले कति विद्यार्थी पास गराउन सक्छ त्यसको लक्ष्यसहित योजना ल...