चितवन :  अखिल (क्रान्तिकारी) चितवनले एक महिने विद्यार्थी जागरण एंव संगठन सुदृढीकरण अभियान संचालन गर्ने भएको छ । जिल्ला समन्वय समितिको कार्यालयको बिस्तारित बैठकले केन्द्रिय समितिले भाद्र २५ र २६ चितवन जिल्लामा छात्रा बिभागको राष्ट्रिय भेला गर्ने निर्णयको स्वागत गर्दै एक महिने विद्यार्थी जागरण एवं संगठन सुदृढीकरण अभियान संचालन गर्ने निर्णय गरेको हो ।
साथै बैठकमा पालिकाहरुको पुर्ण बैठकको मिति पनि तोकेको छ।जसअनुसार भाद्र १९ गते भरतपुर महानगरपालिका र माडी नगरपालिका, भाद्र २० गते राप्ती नगरपालिका र खैरहनी नगरपालिका , भाद्र २१ गते रत्ननगरनगरपालिका र कालिका नगर पालिका भाद्र २७ गते इच्छाकामना गाउँपालिका असोज ७ प्राबिधिक समिति र भाद्र २९ गते जिल्ला समन्वय समिति को पुर्ण बैठक बस्ने निर्णय गरिएको जिल्ला समन्वय समितिको संयोजक विकास कोइरालाले जानकारी दिए ।
कोइरालाका अनुसार  बैठकले छात्रा बिभाग प्रमुखमा ममता पाण्डे र बिभाग प्रमुखमा संगिन सापकोटालाई चयन गरेको छ।

रगतको आवश्यकता पुर्तिका निम्ति आपतकालीन नियमित रक्तदान गर्ने , अखिल (क्रान्तिकारी ) जिल्ला समन्वय समितिको कार्यालय स्थापना गर्ने , संगठनको नियमित स्मारिका प्रकाशन गर्ने निर्णय गरेको उनले बताए ।