नेपाली काँग्रेस चितवनद्धारा आन्दोलनका कार्यक्रम स्थगित
चितवनः काँग्रेस चितवनले हिजो सोमबार घोषणा गरेका आन्दोलनका कार्यक्रमहरु स्थगित गरिएको जनाएको छ । काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ द्धारा जारी बिज्ञप्तिमा आन्दोलनका कार्यक्रमहरु हालका लागि स्थगित गरिएको जनाईएको छ ।
माडी बासिको मागलाई लिएर आमरण अनसन रत माडी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष कृष्ण पौडेलका मागहरुको सुनुवाईका लागि काँग्रेस चितवनले जिल्ला बन्द सहितका आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको थियो । ती आन्दोलनका कार्यक्रमहरु हाललाई स्थगित गरिएको श्रेष्ठद्धारा ज...







