चितवनः काँग्रेस चितवनले हिजो सोमबार घोषणा गरेका आन्दोलनका कार्यक्रमहरु स्थगित गरिएको जनाएको छ । काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ द्धारा जारी बिज्ञप्तिमा आन्दोलनका कार्यक्रमहरु हालका लागि स्थगित गरिएको जनाईएको छ ।
माडी बासिको मागलाई लिएर आमरण अनसन रत माडी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष कृष्ण पौडेलका मागहरुको सुनुवाईका लागि काँग्रेस चितवनले जिल्ला बन्द सहितका आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको थियो । ती आन्दोलनका कार्यक्रमहरु हाललाई स्थगित गरिएको श्रेष्ठद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
यहि फागुन ७ गते देखि अनसनरत पौडेलको मागहरु प्रति जिल्लाका राजनैतिक दलहरुले एक्यवद्धता जनाई सकेको र माग सुनुवाईका लागि संघिय सरकामा डेलिगेसन जाने निर्णय भए संगै काँग्रेस चितवनले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।
अनसनरत पौडेलको स्वास्थ्य अबस्थामा समस्या देखिए पछि उहाँलाई सोमबार भरतपुर अस्पतालमा उपचारका लागि ल्याईएको छ । उहाँको सघन उपचार कक्षमा राखि उपचार भईरहेको छ ।