कुरिनटार : नेपाली कांग्रेस इच्छाकामनाले वडास्तरमा समायोजन गर्दै संगठन बिस्तार सुरु गरेको छ । कांग्रेसले इच्छाकामनाको ७ नम्बर वडाबाट वडास्तरमा समायोजन गर्दै मंगलबार देखि संगठन बिस्तार सुरु गरेको हो ।
इच्छाकामना ७ सिमलढापमा भएको भेलाले मान बहादुर गुरुङको सभापतित्वमा २१ सदस्यीय समिती चयन गर्दै नयाँ समिती बनाएको छ ।
जसको उपसभापतिमा देविलाल गुरुङ र झप्पन बहादुर गुरुङ, सचीवमा देवलाल गुरुङ र लालमाया गुरुङ लगायतलाई चयन गरेको हो ।
नेपाली काङ्ग्रेस इच्छाकामनाका सभापति कृतिकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भेलामा नेपाली कांग्रेस महासमिति सदस्य गीता कुमारी गुरुङ जिल्ला सदस्य विष्णु कुँवर लगायतको सहभागीता रहेको थियो ।